
रुपन्देही । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले महिनामा २ पटक लुम्बिनी आउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
उहाँले लुम्बिनी संस्कृति पर्यटन र उड्यनको केन्द्र भएकाले आफूले लुम्बिनीलाई बढी समय दिने योजनामा रहेको बताउनु भयो ।
अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनको सम्बन्धमा सिद्धार्थ उद्योग बाणिज्य संघले भैरहवामा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले लुम्बिनीको सुधार र एयरपोर्टको दिगो सञ्चालनको लागि महिनामा २ पटक लुम्बिनी आउने उल्लेख गर्नु भयोे । ‘लुम्बिनी विकास कोषलाई सुधार गर्न सकिन्छ र एयरपोर्टलाई दिगो रुपमा सञ्चालन गर्नको लागि के अफ्ट्यारा छन् ।’ उहाँले भन्नुभयोे ‘ती अफ्ठयारालाई फिल्डमै आएर समाधान गर्न सकिन्छ भनेर आउन खोजेको हो।’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमिततको लागि अध्यागमन, विदेश जानेहरुको स्वास्थ्य परिक्षण, भिसा लगायतका समस्या केही बाँकी रहेको भन्दै पाण्डेले त्यसको लागि आफू काठमाडौँ गएपछि सम्बन्धीत मन्त्रालयहरुसँग छलफल गर्ने बताउनु भयो। उहाँले लुम्बिनीको सुधार गर्न आवश्यक भएको भन्दै स्थानियसँगको विवादमा मध्यस्थताको भूमिका निर्वाह गर्न मन्त्री पाण्डेले निजी क्षेत्रसँग आग्रह गर्नु भयोे । पाण्डेले अरु क्षेत्रमा नेपालको कानून लागु हुने र लुम्बिनीमा बसेर कुकर्म गरे राज्यको कानूनसँगै धर्मको कानून पनि लाग्ने उल्लेख गर्नु भयोे। मन्त्री पाण्डेले लुम्बिनीमा बसेर अनियमितता गर्ने छुट नभएको चेतावनी दिनुभयो।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अन्तर्राष्ट्रिय उडान सुरु भएपछि अब पर्यटकीय वातावरण बनाउनुपर्ने उल्लेख गर्नु भयोे। उहाँले ठूलो लगानी गरेर अन्तरागिट्रय विमानस्थल बनाएपछि भिसा, अध्यागमन लगायतका समस्या तत्काल समाधान हुनुपर्ने धारणा राख्नुभयो ।
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तराष्ट्रिय उडानको गतिविधिबारे जानकारी गराउनु भयो । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पर्यटनसँग सम्बन्धीत विभिन्न संघ संस्थाका प्रतिनिधि र सरोकारवालाहरुले विमानस्थल निरन्तरताको लागि सबैको ध्यान आवश्यक भएको उल्लेख गर्नु भयो ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइ, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, सिद्धानगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ, सिद्धार्थ होटल एशोसिएन सानका अध्यक्ष सिपि श्रेष्ठ, नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापा, सोट्टो लुम्बिनीका पूर्व अध्यक्ष सञ्जय बजिमय, लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्याल लगायतले बोल्दै अन्तराष्ट्रिय उडान निरन्तरताको वातावरण बनाउनुपर्ने धारणा राख्नु भयो उहाँहरुले उडानको निरन्तरताकाको लागि अध्यागमन भिसा लगायतका समस्या समाधान हुनुपर्ने बताउनु भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच