सुनवलमा पशु अस्पताल सञ्चालनमा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-२ मा डेढ करोड लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आएको छ । सुनवल नगरप्रमुख विमला अर्यालले एक कार्यक्रमकाबीच पशु सेवा केन्द्रको उद्घाटन गर्नु भयो । उद्घाटन समारोहमा उहाले सेवा केन्द्र सञ्चालनमा ढिलाइ भए पनि अब सेवा प्रवाहमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाउनु भयो ।

पशु सेवा केन्द्रमा गाई, भैँसी, बाख्रालगायतका जनावरलाई पशुविज्ञ डाक्टरद्वारा निःशुल्क औषधोपचार प्रदान गरिने बताइएको छ । यो सेवा सुरु भएपछि यस क्षेत्रका चौपायाको स्वास्थ्य उपचारमा सहजता आउने विश्वास गरिएको छ । संघीय सरकार र वडा कार्यालयको संयुक्त लगानीमा निर्माण भएको यो केन्द्रले विशेष गरी स्थानीय पशुपालक किसानहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ । वडाध्यक्ष राजेन्द्र यादवका अनुसार यो परियोजनाले किसानहरूको पशुपालन व्यवसायलाई थप प्रोत्साहन गर्नेछ ।

२०७८ सालमा निर्माण सुरु भएको यो भवन नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना तथा हरिहर भवन ललितपुरको आर्थिक सहयोगमा एसियाटिक वसन्त जेभीले निर्माण सम्पन्न गरेको थियो। भवन २०७९ सालमै सुनवल नगरपालिकालाई हस्तान्तरण गरिएको भए पनि सेवा केन्द्र सञ्चालनमा ढिलाइ भएको थियो ।

स्थानीय हीरालाल यादवले यस क्षेत्रका पशु चौपायाले समयमै उपचार नपाउँदा मृत्यु भएको उल्लेख गर्दै केन्द्रको सञ्चालनले अब यस्तो समस्या समाधान हुने बताउनु भयो । त्यस्तै, स्थानीय जितबहादुर पौडेलले पशु बिरामी हुँदा अब समयमै उपचार हुनेमा विश्वास व्यक्त गर्नुभयो । पशु अस्पतालले क्षेत्रीय पशुपालनको क्षेत्रमा सुधार ल्याउँदै किसानहरूको आर्थिक विकासमा योगदान दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?