काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौताबारे विज्ञापन बोर्डले सात दिनभित्र जवाफ मागेको छ । सञ्चार क्षेत्रका तीन संस्था (नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्स) ले गत मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता अवैधानिक भनिरहेका बेला विज्ञापन बोर्डले क्यानलाई पत्र लेख्दै जवाफ मागेको हो ।
विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने कानुनी प्रावधान सम्झाउँदै बोर्डले क्यानलाई सोधेको छ, ‘एनपिएलका खेलहरू ट्वान्टी फस्र्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनीमार्फत् स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्दा उल्लिखित कानुनी प्रावधानबमोजिम गरिएको छ वा छैन ?’
प्रत्यक्ष प्रसारणको व्यवस्था गर्दा खरिद सम्झौता वा एमओयु भएको भए सोको प्रमाणित प्रति समेत संलग्न गरी विस्तृत बेहोरासहित सात दिनभित्र जवाफ पेश गर्न भनिएको छ ।
यसअघि नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले नेपाल क्रिकेट संघले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनलाई उल्लंघन गरेको आरोप लगाएका थिए ।
यही मंसिर १५ गतेदेखि एनपिएलका खेल हुँदैछन् । सबै खेल काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । पहिलो संस्करणको एनपिएलमा कुल आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच