सिटिजन्सको १७ प्रतिशत लाभांश पारित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको १७ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिष्ट्रार तथा डि-म्याट खातालगायत लगानीकर्तासँग सम्बन्धित कार्य गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलको मर्चेन्ट बैंकिङ कारोबार गर्न स्थापित सहायक कम्पनी सिटिजन्स क्यापिटलमा सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीको लगानी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?