
काठमाडौं । खुकुरी रमको निर्माता कम्पनी नेपाल डिस्टिलरिजले कास्क सिरिज रमको आफ्नो पहिलो संस्करण अनावरण गरेको छ । उक्त विशेष रम केवल पाँच हजार दुई सय विशिष्ट संख्या अंकित बोतलहरूमात्र उत्पादन भएका छन् । कम्पनीका अनुसार उक्त अतुलनीय गुणस्तरको मदिरा एक अद्वितीय नेपाली शिल्पकलाको उदाहरण हो, जसले खुकुरी रमलाई उत्कृष्ट रमको विश्वव्यापी नक्सामा दृढतापूर्वक समावेश गर्छ । सीमित उत्पादन हुने रममध्ये १६ सय बोतलमात्र स्वदेशी बजारमा उपलब्ध हुनेछन् भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिनेछ । प्रिमियम रम नेपाली बजारमा १० हजार रुपैयाँमा निश्चित ग्राहकलाई मात्र निजी च्यानलमार्फत् बिक्री गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कास्क रम बनाउने कला एक लगनशील यात्रा हो, जसको सुरुवात हिमालको पानी र गुणस्तरीय उखुको मोलासेसको छनोटबाट सुरु हुन्छ । यी कच्चा पदार्थ जटिल प्रक्रियामार्फत् रूपान्तरण गरिन्छन्, जसमा फर्मेन्टेसन, डिस्टिलेसन र सावधानीपूर्वक छानिएका कास्कमा एजिङ गर्ने प्रक्रियामा समावेश हुन्छन् । यस विशेष संस्करणको केन्द्रमा रहेको कास्क एक काठको ब्यारेल हो, जुन प्रिमियम मदिराको एजिङका लागि प्रयोग गरिन्छ । यी कास्कहरूले गहन एवं सन्तुलित स्वाद सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।
स्मोक्ड फिनिस भएको कास्क शृंखलाकोे पहिलो संस्करणले गाढा र नवीन स्वाद प्रस्तुत गर्दछ । विशेषरूपमा चारिङ(भित्रबाट डढाएका) कास्कमा गरिने अद्वितीय एजिङ प्रक्रियाले यसको परिष्कृत र गाढा स्वाद सिर्जना गर्छ । चारिङ प्रविधिले सामान्यतया धुवाँको सुगन्ध प्रदान गरेर रमलाई पूरक प्राकृतिक स्वाद प्रदान गर्छ । यस प्रक्रियाले रमलाई पनि स्मोकी, हल्का जलेको काठ र सूक्ष्म मसलाको सुगन्धले अति विशेष बनाउँछ ।
कम्पनीका सिइओ रमेश कृष्णनले भन्नुभयो, ‘रम परिपक्व हुन आवश्यक पर्ने उत्कृष्ट सामग्री र सबैभन्दा उपयुक्त वातावरण प्रदान गर्न नेपालको भौगोलिक अवस्थिति अद्वितीय छ र स्मोक्ड फिनिसमा काम गर्न पाउँदा हामीलाई एकदमै उत्साह जागेको छ । यो रम निर्माण गर्नु भनेको स्वादका सीमाहरू धकेल्दै खुकरी रमको समृद्ध सम्पदालाई सम्मान गर्ने अवसर पनि हो, यो विरासतको आनन्द विश्वभरिका रम पारखीले लिन सक्नेछन् । हाम्रो लिमिटेड एडिसन कास्क सिरिज रममार्फत् हामीले नेपालको उत्कृष्ट शिल्पकलालाई विश्वव्यापी मञ्चमा दृढतासाथ प्रस्तुत गर्ने लक्ष्य राखेका छौँ । हामी सबैलाई उत्कृष्ट रममात्र नभई समृद्ध हिमाली संस्कृतिको स्वाद लिनसमेत निमन्त्रणा गर्दछौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच