काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण चार दिने हुने भएको छ । मंसिर १७ गते चीन जान लागेका ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने छ
जसका लागि मंसिर १८ को मिति तय गरिएको छ । उहाँ बेइजिङबाहेक अन्य कुनै सहरमा जानुहुने छैन् । मुख्यतयाः चीनको ठुलो परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्नका लागी चीन जान लाग्नुभएका प्रधानमन्त्री ओली सोही सम्झौताका बारेमा बढी केन्द्रित हुनुहुने छ ।
त्यसको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा पाँच दिन अगावै मंसिर १३ गते चीन प्रस्थान गर्नुहुने छ । मुख्यतयाः चीनको ठुृला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबप्च विवाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ ।
विआरआइ सम्झौता कार्यन्वयनका लागि देशमा दुइ धार देखा परे पछि प्रधानमन्त्री ओलीले आज पूर्व प्रधानमन्त्री, पुर्व परराष्ट्र मन्त्री, कुटनीतिक क्षेत्रका बिज्ञ र चिनियाँ जानकारसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओली मंसिर २० मा स्वदेश फर्कने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच