
नवलपरासी । कृषि, पर्यटन, खेलकुद तथा पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार भन्ने नाराका साथ पश्चिम नवलपरासीको सरावलमा प्रथम कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला २०८१ हुने भएको छ । सरावल उद्योग वाणिज्य संघको आयोजनामा सरावल गाउँपालिका १, बासाचोकमा माघ १० गतेदेखि २१ गतेसम्म मेला आयोजना हुने भएको हो । सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले मेलाले स्थानीय उत्पादन प्रवद्र्धन गर्दै ऐतिहासिक स्थल पहिचान र सरावलको सांस्कृतिक धरोहर जगेर्नामा सहयोग पुग्ने बताउनुभयो । मेलाले सरावलको पहिचान बढाउने र चिनाउने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।
करिब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको मेलामा करिब छ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको उहाँले बताउनुभयो । मेला व्यवस्थापनका लागि करिब ५० लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिएको संघले जनाएको छ । मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शन, ‘मम्मी डान्स’ प्रतियोगिता, टोल विकास संस्थाबीच खेलकुद प्रतियोगिता, राष्ट्रियस्तरका कलाकारको प्रस्तुति, बाल उद्यान र झुलाहरू राखिने आयोजकले जनाएको छ । मेलामा प्रवेशका लागि ८० रुपैयाँ टिकट राखिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ र ज्येष्ठ नागरिक र अपांगताहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाउने संघले जनाएको छ ।
मेलाले सरावलभित्रका उत्पादन बजारीकरण र भाषा, कला तथा संस्कृतिको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । मेलाबाट आएको आम्दानीको पाँच प्रतिशत स्थानीय क्षेत्रको पर्यटन विकासमा लगानी गरिने आयोजकले जानकारी गराएको छ । संघका सचिव एवं स्टल संयोजक देवराज राय थारुका अनुसार मेलामा अटोमोबाइल्स, बहुराष्ट्रिय कम्पनीका जुत्ता चप्पल, बैंक तथा बिमा कम्पनी, महिला उद्यमीका उत्पादन र घरेलु उत्पादनका स्टल रहनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच