काठमाडौं । क्रसर व्यवसायीले सञ्चालनमा रहेका क्रसर, बालुवा तथा खानी उद्योग नवीकरणको माग गरेका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले कानुनअनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अबिलम्ब नवीकरण व्यवस्था मिलाउन माग गरेका हुन् ।
तेस्रो महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा सम्मान कार्यक्रममा उनीहरूले २०७७ सालमा क्रसर, बालुवा उद्योगमाथि लगाइएको दूरीसम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतको आदेशमा मापदण्ड अति लचकता अपनाई पुनःविचार गर्न भने तापनि हालसम्म मापदण्ड संशोधन नगरेकाले व्यावहारिक हुने गरी संशोधनको माग गरेका हुन् । महासंघका नवनिर्वाचित अध्यक्ष सीताराम न्यौपानेले प्रशोधित निर्माणजन्य सामग्री विदेश निर्यात गर्ने व्यवस्था गरी प्रशस्त गर्न सरकारसँग माग गर्नुभयो ।
महासंघको हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा न्यौपाने, वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, क्षेत्रीय उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेशबाट रामनारायणप्रसाद यादव, बागमतीबाट देवराज लुईंटेल, गण्डकीबाट लीलाधर बराल र लुम्बिनीबाट मीनबहादुर शाही निर्वाचित भएका थिए भने महासचिवमा देवराज तामाङ चयन हुनुभएको थियो । महाधिवेशनमा देशभरका सात सय ८० क्रसर, बालुवा तथा खानी उद्योगका प्रतिनिधि सहभागी थिए । सो अवसरमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले क्रसर उद्योगमा देखिएका समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच