काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिसँगै निरन्तर बढ्दोक्रममा रहेको सेयर बजार बुधबार पनि ३८.८१ अंकले बढेको छ । नियुक्त भएको दिन गत सोमबार बजार १५.८३ अंकले बढेको थियो भने हिजो मंगलबार ३३.४१ अंकले बढेको थियो । बुधबार सेयर बजार ३८.८१ अंकले बढेर २७५५.४७ अंकमा पुगेको हो ।
अधिकांश समूह बढे पनि वित्त समूह भने ०.४७ प्रतिशतले घटेको छ । यस दिन तीन सय १६ कम्पनीका एक करोड ७१ लख ८३ हजार आठ सय ५४ कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४०.३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, सुपर मादी हाइड्रो र एलआइसी नेपालका लगानीकर्ताको नौ प्रतिशत बढीले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । मिथिला लघुवित्त र जानकी फाइनान्सको सेयर मूल्य भने १० र ९.५८ प्रतिशतले घटेको छ । सर्वाधिक जानकी फाइनान्सको ३४ करोड एक लाख १२ हजार दुई सय ३८.३० रुपैयाँ बराबरको कारोबार भएको छ ।
बोर्डका अध्यक्षद्वारा पदभार ग्रहण
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सरकारको निर्देशनअनुसार नयाँ स्टकलाई लाइसेन्स दिने बताउनुभएको छ । बुधबार पदभार ग्रहणका क्रममा उहाँले यस्तो बताउनुभएको हो । सो अवसरमा उहाँले आफ्नो कार्यकालमा बोर्डलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारको निर्देशनअनुसार नयाँ स्टकलाई लाइसेन्स दिने कामसमेत आफ्नै कार्यकालमा हुने जानकारी गराउनुभयो ।
त्यसैगरी पुँजी बजार विकासका लागि दिनरात नभनेर लागिपर्ने श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेतृत्व अभावमा धेरै काम थाती छन्, ती काम पूरा गर्नेछु । पुँजी बजारको दायरा विस्तार गर्दै लगानीकर्ताको पक्षमा काम गर्छु ।’ अध्यक्ष श्रेष्ठले पहिलो निर्णयका रूपमा एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच