सर्लाही । तराई-मधेशका जिल्लामा यतिखेर गहुँ र मकैको बिउ लगाउनुपर्ने समय हो तर आवश्यक बिउ र मल अभावले यहाँका किसान समस्यामा पर्ने गरेका छन् । सर्लाहीलगायतका जिल्लाका किसान वर्षेनी भारतीय बिउ र मलमा निर्भर हुन बाध्य छन् । परनिर्भरता नेपाली कृषि क्षेत्रमा एक गम्भीर समस्या बनिरहेको छ तर बिउ र मलमा आत्मनिर्भर बन्ने सरकारको योजना नारामै सीमित देखिएको छ ।
स्वदेशमा रासायनिक मल र उन्नत जातका बिउ उपलब्ध नहुँदा भारतीय बजारमा तस्करीका माध्यमबाट आउने सामग्रीमा निर्भर हुनुपर्ने अवस्था आएको हो । सरकारले स्वदेशी हाइब्रिड बिउ उत्पादनमा प्राथमिकता नदिएर आयातमाथि निर्भर राख्दा किसानले वर्षेनी बिउ र मल अभाव भोगिरहेका छन् ।
बिउ अभाव हुँदा किसान झन् महँगोमा बिउ किन्न बाध्य भएका छन् । यस वर्ष मकैको बिउ प्रतिकेजी नौ सयदेखि १५ सय रुपैयाँसम्ममा खरिद गर्न बाध्य भएका छन् । पछिल्ला वर्षमा कुुखुुराको दानामा मकै प्रयोगसँगै किसान मकैखेतीतर्फ आकर्षित भएका हुन् । सरकारले बिउ उपलब्ध गराउन नसकेका कारण भारतबाट आउने तस्करीको गुणस्तरहीन मकै बिउका कारण कहिलेकाहीँ मकैमा दाना नलाग्ने समस्या पनि देखिने गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले स्वदेशमै उन्नत बिउ उत्पादन गरे पनि किसानसम्म पुग्न सकेको छैन । उत्पादन बढाउन दीर्घकालीन समाधानका लागि सरकारले सरकारी र निजी क्षेत्रबाट हाइब्रिड बिउको उत्पादनमा जोड दिनुपर्ने कृषिविज्ञहरूले बताउँदै आएका छन् । कृषि ज्ञान केन्द्र मलंगवाको तथ्यांकअनुसार १० देखि १२ हजार हेक्टर क्षेत्रमा मकैखेती हुुने गरेको छ भने प्रतिहेक्टर दुई सय १० देखि तीन सय मनसम्म मकै उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख देवानन्द रायले सरकारले सूचीकृत गरेको र नेपालको हावापानी अनुकूल मकै बालीमात्र लगाउन आग्रह गर्नुभएको छ । किसानले आफूखुसी र बिउ बिक्रेतासँग खरिद गरेको बिउ लगाउँदा दाना र घोगा नलाग्दा किसान मर्कामा पर्ने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच