२७ वर्षीय बागद्वारा पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिनुभएको छ।

शनिवार बागले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको हो ।

मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा  जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगरपरिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ ।

यसैबीच मध्यपुरथिमि क्षेत्रमै शनिबार ३२ खटसहितको सिन्दुर जात्रा पनि मनाइँदैछ ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?