दुर्घटनामा दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

झापा । झापाको भिन्न दुई स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भद्रपुर नगरपालिका-४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एक जनाको र बिर्तामोड नगरपालिका-२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

भद्रपुर-४ स्थित झिलिमिली पुलमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१-०१-०१३प ९६०७ नम्बरको मोसाइकल अनियन्त्रित भई पुलको साइडको पिलरमा ठोक्किँदा मोटरसाइकल चालक कचनकवल-२ सुकुनाडिकीका ३१ वर्षीय धनपति पाठक र पछाडि सवार सोही स्थानका २८ वर्षीय लेखनाथ दाहाल घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी हस्पिटल बिर्तामोड पठाएकामा उपचारको क्रममा दाहालको मृत्यु भएको हो । मोरसाइकल चालक पाठकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१-०१-००२ख ०१४९ यात्रुवाहक बस र सोही दिशातर्फ जाँदै गरेको मे१प ७२४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक कनकाई नगरपालिका-८ का ४४ वर्षीय तोयनाथ उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । तीनजना सवार मोटरसाइकलमा पछाडि बसेका कनकाई-५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी गाउँपालिका-७ का सागर माझी घाइते भएका छन् । उनीहरू दुवैको उपचार भइरहेको जनाइएको छ ।

वनभोज खाएर फर्किँदै गरेको उक्त बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?