काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई अस्पतालका विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने कन्सल्टेसन शुल्कमा शतप्रतिशत छुट हुनेछ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजका अध्यक्ष रूपनारायण शाहले हस्ताक्षर गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच