तीनकुने र बल्खु क्षेत्रमा सार्वजनिक संचार सेवामा जामर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रहरीले तीनकुने र बल्खु क्षेत्रमा सार्वजनिक संचार सेवा रोकिदिएको छ ।

तीनकुनेमा एमालेको भातृ संगठन युवा संघ र बल्खुमा व्यवसायी दुर्गा प्रसाइको आह्वानमा व्यवस्था परिवर्तनका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् ।

यी दुवै ठाउँमा प्रहरीले नेटवर्क जामर उपकरण चलाएर मोवाइल नेटवर्क अवरुद्ध गरेको हो । सवारीमा जडान गरिएको यो उपकरणले आफ्नो आसपासका निश्चित क्षेत्रमा मोवाइल नेटवर्क अवरुद्ध गर्छ ।

प्रहरीले नेटवर्क अवरुद्ध गरेपछि यहाँ भएका मानिसहरुका मोवाइल फोनमा नेटवर्क अवरुद्ध भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?