✍️ नारायणबहादुर गुरुङ
संसारका सबै प्राणीहरूलाई जीवित रहनका लागि आहार, जाडो गर्मीबाट बच्न लुगा र सुरक्षित रहन आवास एकदम आधारभूत बस्तु हुन् । पृथ्वीमा भएका सबै प्राणीलाई प्रकृतिले आ-आफ्नै बन्दोबस्त गरिदिएका छन्, आ-आफ्नै किसिमका गुण दिएका छन् । हामी मानवजातिबाहेक सबै प्राणी तिनै प्रकृति प्रदत्त गुण र वतावरणमा निर्भर हुने गर्छन् । यदि त्यो वातावरणमा परिवर्तन भइदिएमा त्यही अनुकूल अस्तित्वमा रहिरहन उनीहरूलाई त्यति सजिलो छैन न त त्यो प्रतिकूल वातावरणलाई आफ्नो अनुकूल बनाउन सामथ्र्य राख्न सक्छन् । फलतः कैंयौं प्रजातिहरू लोप भए र लोपोन्मुख छन् ।
हामी मानव जाति भने प्रकृति प्रदत गुण र वातावरणमा मात्र निर्भर नभई मिहिनेत गरेर क्षमता र चेतनाको विकास गर्दै प्रतिकूल परिस्थितिलाई सामाना गर्न, आफू अनुकूल बनाउन सफल भएकै कारण विभिन्न चरण पार गर्दै अहिलेको विकसित डिजिटल युगमा आइपुगेका छौं । अन्य प्राणीहरू लोपोन्मुख भहिरहँदा मानिसको जनसंख्या भने पृथ्वीमा नअटेर बाहिरी ब्रहृमाण्डमा बसाइँ सर्ने खोज सुरु भइसकेको छ ।
हाम्रो आर्थिक, सामजिक हैसियत बढाउन, जीवन सुविधायुक्त बनाउन परिश्रम अपरिहार्य भएको कुरा कसैले पनि नकार्दैनौ होला । तर, केवल गतिलो सीपविनाको कोरा परिश्रमले पेटको आगो जनतन बुझाउन सके पनि जीवनलाई कष्टमुक्त गर्न नसकेको उदाहरण प्रशस्त देखिरहेकै छौं । सीप भनेको बौद्धिकता वा चेतनाको विकास, देखेको, सुनेको, भोगेको कुरालाई सही ढंगले विश्लेष्ण गर्ने क्षमता अथवा विज्ञान र त्यसलाई भौतिक रूपमा समाधन गर्नसक्ने प्रविधिको संयुक्तरूप हो । बौद्धिकता, विश्लेषण, विज्ञान र प्रविधि जस्ता शब्द सुन्दा सामान्य मानिसहरूलाई निकै रहस्यमय लाग्न सक्छ । तर, वास्तवमा भन्ने हो भने पढेको होस् वा नपढेको धनी-गरिब, ठूलो-सानो सबैमा अन्तरनिहित छ । सबैको दैनिक क्रियाकलप चालै नपाई यसैको वरिपरि घुमिरहेको हुन्छ । शिक्षाले यसबारे गहिरिएर बुझ्न र समृद्ध गराउँछ ।
सीपको विकास गर्न, बुझ्न अनुसन्धान र आविष्कार एउटा प्रमुख पाटो हो । विभिन्न समाज, सभ्याताका अग्रजहरूको अनुसन्धन, मिहिनेत, परिश्रम र तिनले गरेका आविष्कार, तिनका चिन्तन मनन्का कारण विश्वमा आर्थिक, सामजिक, सांस्कृतिक, जनसुविधा आ-आफ्नै तरिकाले विकास भइरहेको छ । अनुसन्धान र आविष्कारका कारण नयाँ-नयाँ तथ्य खुल्दैछन् । नयाँ-नयाँ प्रविधिका सहयताले आर्थिक, भौतिक विकास भएको छ, विविध क्षेत्रमा आधुनिकीकरण भएको छ । उत्पादनशील बढेको छ भने उत्पादित बस्तुको पहुँच केही सीमित सम्भ्रान्तबाट बृहत् आममानिसको हातमा पुग्न सफल भएको छ ।
चीनको थुप्रै निःशुल्क सहायोग पाएर पनि हामी संवेदहीन भएर टीकाटिप्पणी गर्दा अरूले हाम्रो के मूल्यांककन गरेका होलान भन्ने पट्टक्कै ध्यान नपुगेको जस्तो लाग्छ । स्थापना भएको पचासौं वर्षनाघि सकेको नेपाल हवाई सेवालाई राम्ररी सम्हाल्न नस्कने हामी आफ्नो आंग कन्यार छारो उडाउन मै मख्ख छौं ।
आजभन्दा करिब पाँच सय वर्ष पूर्वीय सभ्यता पश्चिमा सभ्यताभन्दा अगाडि भएको इतिहासकारहरू भन्ने गर्छन् । त्यतिबेला अर्थतन्त्र, प्रविधि, कला, संस्कृति, भौतिक बौद्धिक विकास उनीहरूको भन्दा अग्रणी अवस्थाम थियो भनिन्छ । तर, संसार सबै बुझी सक्यौं, जानी सक्यौं सिक्न–जान्न कुनै बाँकी नरहेको भ्रम बढ्यो भने अधिकांशलाई शिक्षादेखि नै वञ्चित गरियो । रूढीवादी, अन्धविश्वासलाई मलजल गर्दै सम्भ्रान्तको हलिमुलीलाई जोगाउनमा व्यस्त रहृयो । उता पश्चिमाले भने आफूलाई थाहा नभएको कुरा बुझ्ने कोसिस गर्दै गए खोज्दै गए, पुरातन सोच, काम गर्ने तरिकामा परिवर्तन गर्दै गए । अनुसन्धन र आविष्कारलाई आर्थिक, सामजिक आदि विकासको संबाहक बनाए । विश्वमा हैकम जमाउन सफल भए ।
वितेका विश्व इतिहास हेर्दा जुनजुन समाज, राष्ट्रले अनुसन्धन र आविष्कारमा यथेष्ट लगानी ग¥यो त्यतिनै मोटो प्रतिफल प्राप्त गरेको आँखा सामु छँदैछ । दुनियाको ठूलो शक्तिशाली देश छोडेर साना देशहरू स्वेडेन, फिन्ल्याण्ड, डेन्मार्क, स्विजरल्याण्ड, दक्षिण कोरिया, सिंगापुर पनि अनुसन्धन र आविष्कारमा गरेको लगानीकै प्रतिफल खाइरहेका छन् । अरूले गरेका कामहरूको प्रतिफल खाने त उनीहरू नै हुन् । अरू त केबल धान, मकै आदि उठाइसकेपछि खेतबारीमा सिलाखोजे जस्तै रहल पहल खानेमात्र हुन् । आफू सम्पन्न हुन त आफैंले नै गर्नुपर्ने रहेछ । यो सन्दर्भमा भन्नु पर्दा मेरा साथी महावीर पुनलाई सम्झन्छु । उनले देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन हाम्रा युवा प्रतिभालाई देशभित्रै अनुसन्धन र अविष्कार गर्ने वातावरण निर्माण गर्न आहृवान गरिरहेका छन्, झगझगाइ रहेका छन् । लगानी जुटाउन सडकमा किताब वेच्दै हिँडेका छन् । विज्ञान प्रविधि अनुसन्धान, अविष्कार क्षेत्रमा गरेको लगानीले देशको आर्थिक सम्पन्नता, अधिनिकीकरणमा के कतिको प्रभाव पार्दो रहेछ भन्ने कुरा चीनको आधुनिकीकरणलाई उदाहरणको रूपमा लिन सकिन्छ ।
यो आलेखमा मैले देखेको, अनुभव गरेको आधारमा केही चर्चा गर्न गइरहेको छु । प्रसिद्ध भनाइ ‘रोम एकै दिनमा बनेको होइन’ भने झैं चीनको सफल्ता पनि चमत्कार होइन । नयाँ चीनका प्रथम पुस्ताका नेतृत्वगणको अदम्य शाहस, दुरदृष्टी, दृढ निश्चय, प्रतिबद्धता, अनुसाशन, परिश्रम, जिम्मेवारी बोध, इमानदारी, जवाफदेही, अनि परिआएको सबैखाले कष्ट सहनसक्ने गुणसहित देशलाई आर्थिक प्राविधिक, सामरिक रूपमा सबल बनाउने, जनताको जीवनस्तर उकास्ने आकांक्षालाई सार्थक पार्ने प्रयासको प्रतिफल हो भन्ने गर्छन । त्यो पुस्ताको नेतृत्वगण र व्यापक जनताको संयुक्त बलिदानले पछिल्लो पुस्तालाई एउटा शसक्त आधारभुमी तयार गरिदिए । पछिल्ला पुस्ताले पनि बदिलँदो समय अनुकूल पुरानो पुस्ताको गौरबशाली परम्परालाई निरन्तरता दिइरहे ।
१९४९ मा नयाँ चीन स्थापना हुँदा विदेशीको थिचोमिचो, बाहिरी आक्रमण र अन्तरिक गृहयुद्धबाट थिलथिलो थियो । अर्थतन्त्र ध्वस्त भएका थिए । कहाली लाग्दो मुद्रास्फीतिले गर्दा एक किलो चामल किन्न एकबोरा नोटले पुग्दैन थियो रे । दोस्रो विश्वयुद्धपछि शीतयुद्धका कारण नाकाबन्दी भोग्नु प¥यो । तत्कालीन अवस्थामा अरूको मुख ताक्नु वा कसैको अगाडी घुँडा टेक्नु सट्टा कडा परिश्रम र आत्मनिर्भरता नितिको भरमा कृषी, उद्योग, विज्ञान प्रविधि र रक्षा क्षेत्र सबलीकरण गर्न सुरू गर्यो । १९६४ मा यी चारै क्षैत्रमा आधुनिकिकरण गर्ने लक्ष्य अघि सारियो । यसैबीच परमाणु बम र हाइड्रोजन बम परिक्षण गर्न र कृतिम भूउपग्रह प्रक्षेपण गर्न सफल भयो । विज्ञान प्रविधिमा पाएको यो सफल्ताले राष्ट्रिय सुरक्षालाई दरो बनायो । चिनियाँहरूले यो सफलतालाई विज्ञान प्रविधि क्षेत्रमा पाएको ठूलो उपलब्धि मान्ने गर्छन र ‘ल्य्हाङ तान यी ख’ दुईटा बम एउटा भूउपग्रह भनेर गर्व साथ स्मरण गर्ने गर्छन् ।
कडा नाकाबन्दीका बीच विज्ञान प्रविधिको विकास गर्दै गए आफूलाई आवश्यक पर्ने औद्यौगिक सामग्री उत्पादन गर्दै, सिक्दै गए सुधार गर्दै गए । सीप भएकाहरूले सीप हस्तान्तरण गर्ने वाताबरण बनाइयो र विस्तारै विभिन्नस्तरका दक्ष जनशक्ति बढाउँदै गए । कुनै सीप भएको मानिसअन्तर्गत केही सिकारूहरूको टिम बनाए । सर्फू (गुरु) भनेर आदरसँग पुकारिने यी व्यक्तिले आफ्नो कला सीप निःस्वार्थ हस्तान्तरण गरे । यो कुरा कल कारखानामा मात्र होइन हरेक क्षेत्रमा अगाडि सारियो । हामी विद्यार्थी हुँदा कारखानाका मजदुर गुरुहरू जसलाई कुंग्रेन सर्फु भनिन्थ्यो । धेरै व्यावहारिक कुरा सिक्ने मौका पाएक थियौं । व्यापारमा होस्, प्रशासनिक कर्मचारी, परराष्ट्रका कुटनीतिज्ञ, प्राविधिक आदि सबैसबैले आ–आफ्नो कार्यशालामा तत् विषयका सर्फूहरूबाट सिकाउँदै गए, सिक्दै गए, सीप, ज्ञान हस्तान्तरण गर्दै गए । स्कुल, कलेज, विश्वविद्यालयको प्राज्ञिक शिक्षा सँगसँगै यो सरकारले प्रोत्साहित गरेको अनौपचारिक शिक्षा प्रणालीले विज्ञान प्रविधिको आधारभूत सैधान्तिक, व्यावहारिक ज्ञान तल्लो तहसम्म पुग्न गयो ।
त्यसबेला भलै ती औद्यौगिक सामग्रीको गुणस्तर तुलानात्मक रूपले विकसित देशहरूको भन्दा कमसल भए पनि अर्थतन्त्र, कृषि, स्वस्थ्य, यातायत, शिक्षा, रक्षा आदि क्षेत्रलाई अगाडि बढाउन मद्दत गरिरहेका थिए । विस्तार विस्तारै भ¥याङ चढे जसरी । हामीले निकै बढाइचढाइ गर्दै खिसीटिउरी गर्ने नेपाल बायु सेवाका थन्किएर बसेको चिनियाँ हवाईजहाज पनि क्रमिक रूपले बनाउँदै गएका हुन् र अहिले विश्व प्रसिद्ध हवाईजहाज निर्माता बोईङ र एअर बसलाई चुनौती दिने ठूला यात्रुबाहक हवाई जहाजले चीनको आन्तरिक हवाई सेवा दिन थालेका छन् भने हामी यस्ता सामग्री उत्पादन गर्ने क्षमता परै जावस् मर्मतसम्भार गर्नसमेत विदेशी कम्पनीलाई मोटो रकम बुझाई रहृनुपरेको छ । चीनको थुप्रै निःशुल्क सहायोग पाएर पनि संवेदहीन भएर टीकाटिप्पणी गर्दा अरूले हाम्रो के मूल्यांककन गरेका होलान भन्ने पट्टक्कै ध्यान नपुगेको जस्तो लाग्छ । स्थापना भएको पचासौं वर्ष नाघिसकेको नेपाल हवाई सेवालाई राम्ररी सम्हाल्न नस्कने, आफ्नो आंग कन्यार छारो उडाउनमै मख्ख छौं ।
साठीको दशकतिर चीनको पहिलो १० हजार टन समुद्रमा जान सक्ने कार्गोजहाज बनाएपछि ठूला पानीजहाज निर्माण गर्नसक्ने भएका थिए । अहिले त्यो क्षमता विकास भएर संसारकै सबैभन्दा ठूलो र सबै किसिमका पानी जहाज निर्माण गर्नसक्ने भएका छन् । अमेरिकाको दाँजोमा चीनको पानीजहाज बनाउने क्षमता २३२ गुणा बढी भएको स्वयं अमेरिरिकीहरू स्वीकार्ने गर्छन् । हामीले सेलरोटी पकाए जस्तै तीव्र गतिमा निर्माण गरिएका अत्याधुनिक सैनिक पानीजहाजको संख्याले अमेरिकालाई उछनेको छ । कुनै पनि बाहिरी खतराबाट आफ्नो समुद्री सीमाको सुरक्षालाई दिनप्रतिदिन सुदृढ बनाइरहेका छन् । व्यापरिक जहाज निर्माण गर्नमा एक नम्बरमा थिए नै उनीहरूले बनाएको लक्जरी क्रुज जहाजले पनि सेवा दिन थालेको एक वर्ष नाघ्न थाल्यो ।
हाम्रो अध्यन क्रममा अनेक किसिमका कलकारखाना घुमाउन लगिन्थ्यो । त्यसबाट हामीलाई कारखानाहरू तिनका उत्पादन बारे जान्ने अवसर मिल्थ्यो । सैद्धान्तिक ज्ञानबाहेक सानो धान कुट्ने टुकटुके मिल देखेको मेरा लागि ठूल ठूलो उद्योगहरू र प्रविधि बारे ज्ञान भण्डार बढाउन लाभदायक भयो । १९७२ फेब्रुवरीमा अध्यक्ष माओ र अमेरिकाका राष्ट्रपति निक्सनको पैचिङ्गमा भएको भेटवार्ता पछि चीनको विकसित देशहरूसँग कूटनीतिक, राजनीतिक सम्बन्ध हृवातै बढ्न थाल्यो । नाकाबन्दी खुकुलो भयो, आर्थिक, वाणिज्य, विज्ञान प्रविधिमा आदानप्रदान बढन थाल्यो ।
दोस्रो पुस्ताका नेता तङ्ग स्याओ फिङ्गको नेतृत्वमा १९७८ डिसेम्बर १८ तारिक चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले आर्थिक सुधारको निमित्त औपचारिक रूपमा ‘आन्तरिक सुधार र बाहिरी संसारका लागि खुला’ नीति अंगाल्यो । गाउँगाउँका किसानहरूले खेतीबारी अतिरिक्त सहकारी उद्योग खोल्न थाले, तिनका उत्पादन विश्व बजारमा पुर्याउने काम सरकारी स्वामित्वमा भएका व्यापरिक संस्थाले गर्न थाले । केन्द्रदेखि स्थानीयस्तरमा आर्थिक तथा प्राविधिक क्षेत्र च्याउ जसरी उम्रन थाल्यो । विभिन्न उपभोक्ता सामान उत्पादन हुन थाल्यो । विदेशका नयाँ-नयाँ बस्तु नक्कल गर्दा गर्दै डिजाइनहरू र गुणस्तरमा क्रमिक सुधार गर्दै गए । ठूलो संख्यामा उत्पादन हुँदा लागत घट्यो, मूल्य घट्यो । दुनियाँको पहुँचमा पुग्यो ।
विकसित देशका व्यापरिक घरानाले सस्तोमा बनाएर उच्च नाफा कमाउने उद्देश्यले आफ्ना सामानको उत्पादन चिनियाँ कारखानालाई दिन थाले । चिनियाँले पनि सस्तो ज्यालामा काम गर्दा गर्दै सिक्ने मौका पाए । जनस्तरमा आर्थिक प्रविधिकको ज्ञान र त्यसको प्रतिफल विस्तार भयो । सरकारले पनि देखिएका नितिगत कमजोरी बस्तुगत रूपमा छिट्छिटो सुधार गर्दै गए । म केबल एउटा प्रत्यक्षदर्शी नभएर त्यो वातावरणमा जोडिने मौका पाएको थिए । करिब १९९६ देखि विस्तारै निजी उद्योग व्यापारका लागि खुला गर्न थालियो । तिनलाई पनि सरकारले प्रोत्साहन गर्न थाले । आज चीनका ठूलठूलो नाम चलेका कम्पनी हृवावे, अलिबाबा, पाइतु, त्यसैताका सुरु भएका कम्पनी हुन् ।
आर्थिक प्राविधिक विकासको मेरुदण्ड दक्ष जनशक्ति भएको कुरा सुरुदेखि नै ध्यान दिँदै दिएका थिए । दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्र बढाइए, शिक्षामा सुधार गर्दै लगानी बढाए । हजारौं, लाखौं विद्यर्थीलाई विदेशमा उच्च शिक्षा लिन प्रोत्साहन गरे । त्यसमध्ये अधिकांश विज्ञान प्रविधिमा दक्षित भए । आफू कम्जोर भएको क्षेत्रमा विदेशी विज्ञलाई धेरै तलब खुवाएर, उच्च पद दिएर त्यो क्षेत्रको जन शक्ति उत्पादन गरे । पछि तिनै दक्ष जनशक्तिद्वारा विदेशी विज्ञहरूलाई प्रतिस्थापन गरे ।
चिनियाँहरू १९९० तिर अमेरिकाले प्रतिनिधित्व गरेको विकसित देशहरूसँग अति नै प्रभावित थिए । उनीहरू ती विकसित देशको प्रशंसा गरेर थक्दैन थिए । बिस्तारै तेस्रो विश्वको नाममा चिनिने देशहरूसँग टाढिँदै थियो । तंग स्याओ पिङ्गले नै अगाडि बढाएको तत्कालीन चिनियाँ कम्युनिष्ट पार्टी महासचिब हु याओ पाङ्गको मृत्यु संस्कारलाई उचित सम्मान नदिएको भनेर विद्यार्थीहरूको असुन्तुष्टिबाट सुरु भएको आन्दोलन १९८९ को थेनआनमेन काण्डको नाममा चर्चित भयो । त्यतिबेला चिनियाँ कम्युनिष्ट पार्टीमा अध्यक्ष पद हटाएर महासचिव पद सिर्जना गरिएको थियो । त्यही पदमा पार्टी हाँक्न उनलाई र सरकार हाँक्न प्रधानमन्त्रीको रूपमा चाओ च य्हाङ्गलाई ल्याएका थिए । दुवै युवा र सुधारवादी भनेर चिनिन्थे । यिनीहरूको कामलाई पश्चिमा मुलुकले निकै रुचाएका थिए । उनीहरूको पनि हिमचिम उतै ढल्कदै गरेजस्तो देखिन्थ्यो । सायद त्यो कुरा तङ्गलाई मन परेको थिएन ।
िवद्यार्थीको दबाबले उनको सत्गति राम्रै भए पनि विद्यार्थी अन्दोलन थामिनुको सट्टा त्यतिबेला मौलाएको भ्रष्टाचारतिर सोझियो । भ्रष्टाचारसँग जोडिएपछि विस्तारै जन समर्थन बढ्न थालेको थियो, पेइचिङ्ग बाहिर अरू ठाउँ पनि समर्थन बढ्दै गैरेहेको बेला सत्तालाई नै चुनौती दिने अवस्था दिन प्रतिदिन बढ्दै थियो । त्यतिबेला चाओ च य्हाङ्ग महासचिव र ली फङ्ग प्रधानमन्त्री थिए । महासचिवले विद्यार्थीलाई साथ दिएका हुनाले उनलाई हटाएर तत्कालीन संघाई शहरका पार्टी सचिव च्याङ च म्हिनलाई पार्टीको महासचिव र राष्ट्रपतिको रूपमा तङ्गले स्थापित गरे । यो घट्नालाई हेर्दा पार्टी र सरकारलाई छुट्टाउने उनको प्रयास असफल भएको हो कि जस्तो लाग्छ । यो घटनालाई लिएर अमेरिकालगायत विकसित देशहरूले लिएको नीति, दिएको दबाबपछि चिनियाँ सतर्क हुनथाले । कूटनीतिक समन्धमा पुनारोलकन गरे । माओ र चाओले स्थापना गरेको कूटनीतिक बाटोमा फर्के ।
२००३ मा इराक युद्धमा प्रयोग गरिएको अधुनिक हातहतियारको प्रभाव देखेपछि जनयुद्धमा आधारित चिनियाँ सुरक्षा रणनीति पुनारोलोकन गर्न बाध्य भए । अनि अधुनिक सैन्य सामग्री उत्पादन गर्न अनुसन्धन तथा आविष्कारमा तीव्रता दिन थाले । फलस्वरूप अमेरिकी अत्याधुनिक सैनिक हातहतियारसँगको दुरत्व घटाउँदै लगेको चर्चा सुनिन्छ । १९९३ मा चिनियाँ व्यापरिक पानी जहाज य्हिनख हाओलाई अमेरिकाले एक्कासि जिपिएस बन्द गरेर दिशाहीन बनाई शंकास्पद बस्तु बोकेको बहाना बनाएर हिन्दमहासागरमा खनतलासी गर्यो । त्यो घटनापछि आफ्नै स्याटेलाइट नेभिगेशन सिस्टम पेइदौ (ध्रुवतारा) बनाएर सेवा दिन थलिसकेको छ । स्याटेलाइट नेभिगेशन सिस्टमले नागरिक, व्यापरिक तथा सामरिक सेवा दिने हुनाले एकदम महत्वपूर्ण प्राविधिक प्रणाली हो ।
२०११ सालमा अमेरिकाको ११२औं सिनेटले नासालाई चिनियासँग अन्तरिक्षसम्बन्धी सहकार्य गर्न रोक लगाएपछि चिनियाहरू आफैं कस्सिए । २०२१ अप्रिलमा थ्यन्कुङ्ग (स्वर्गको दरबार) नामक अन्तरिक्ष स्टेसन स्थापना ग¥यो । अहिलेसम्म पाँचौं ब्याच अन्तरिक्षा यात्री पठाइसके । प्रत्येक पटक छ महिनाका लागि तीन–तीनजनाको समूह पठाउने गर्छन् । तिनीहरूले त्यहाँ अनेक अनुसन्धान र परिक्षण गर्ने गर्छन् । पछिल्लो पटक भविष्यमा चन्द्रमामा स्थाई स्टेशन स्थापनाका लागि सम्भाव्यता अध्यन गर्न एउटी महिला इञ्जिनियर पनि पठाइएको छ । चन्दमाको पृथ्वीबाट नदेखिने भागको माटो ल्याएर अनुसन्धान भइरहेको छ ।
चिनियाँ इन्टर्नेट बजारमा गुगलले करिब ९० प्रतिशत ओगटेको थियो । २०१० मा उसले चिनियाँ कानुन पालन नगर्ने शर्तमा दर्ता नवीकरण गर्न दबाब दियो । उसलाई अमेरिका र उसका सहयोगी राष्ट्रहरूले साथ दियो । चीनले राष्ट्रिय हितको मामलामा सम्झौता गर्न मान्दैन । ऊ बाहिरियो । त्यसको ठाउँमा उसले दिने सेवा चिनियाँ गैरसरकारी कम्पनी पाइतुले सेवा दिइरहेको छ । तसर्थ विदेशी सञ्चारमाध्यमबाट चीनको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप घटेको छ ।
अर्काको प्रविधिमा भर पर्दा सधैंपछि पर्नुमात्र नभएर कुनै पनि बखत उनीहरूको इसारामा नाच्नुपार्ने अवस्थाबाट जोगिन चीनले २०१३ सालमा ‘मेड इन चाइना २०२५’ कार्यक्रम अगाडि सा¥यो । यो कार्यक्रमको उद्देश्य इनोभेसन, उन्नत गुणस्तर, दक्षता सुनिश्चित गरेर औद्यौगिक क्षमता, स्मार्ट म्यानुफ्यकचरिङ्गलाई स्तरोन्नति गरेर विदेशी प्रविधिमाथिको निर्भरता अन्त गर्नु हो ।
हामी जस्तो अल्पविकसित गरिब देशले सबैसँग राष्ट्रिय हितलाई सर्वोपरी राखेर विना पूर्वाग्रह सहकार्य गर्न हिच्किचाउनु हुँदैन । सिŒनैमा पाएको भनेर राष्ट्रिय हितविपरीत केही पनि स्वीकार्नु हुँदैन । हामी सबैले आत्मसत गर्नुपर्छ कि अरूले दयामाया गरेर दिएको अनुदानले हामीलाई उघो लगाउँदैन ।
त्यो नीति अगाडि सारिएपछि निकै ठूलठूला उपलब्धि भएका छन् । दैनिक जीवनमा प्रयोग हुने प्रविधिदेखि उच्च प्रविधि, सप्लाई चेनमाथिको आत्मनिरभरता बढेको छ । आधुनिक प्रविधिको मुटु मानिने सेमीकण्डकटरमाथि लगाइएको कडा नाकाबन्दीले दिएको चुनौती सामाना गर्न अनुसन्धानमा ठूलो लगानी गरेका छन् भने विश्वको उच्च प्रतिभालाई राम्रो सुविधा दिएर आकार्षित गरिरहेका छन् ।
२०१८ देखि ट्रम्प प्रशासनले सुरु गरेको व्यापार युद्ध प्रविधि युद्धमा पुगेको छ । पाँच जी दूरसञ्चार अनुसन्धान अग्रस्थानमा रहेको हृयावेलाई आफूसमेत अरूलाई पनि राष्ट्रिय सुरक्षाको डर देखाएर हृवावेको उपकरण प्रयोग नगर्न दबाब दिएको देखेको छौं । २०१९ मा हृवावेको स्मार्टफोन २४ करोड थान बिक्री हुँदा एप्पलको स्मार्ट फोन १९.७ करोड थान बिक्री भएको थियो । त्यसपछि हृवावेलाई गुगलको सिस्टम र एपहरू प्रयोग गर्न बन्द गरिदिएपछि हृवावे स्मार्ट फोन एक्कासि बिक्री हुन छोड्यो र त्यसमा प्रयोग हुने चिपहरूमाथि पनि नाकाबन्दी लगायो । मरणसन्न अवस्थामा पुगेको हृवावेले जब २०२३ अग्स्त २९ मा चुपचाप हृवावे मेट ६० बजारमा ल्यायो संसार नै अचम्भित बनाइदियो । गुगलको एनरोइड अपरेटिङ सिस्टमको सट्टा आफ्नै हार्मोनी अपरेटिङ सिस्टम बनाएर यो फोन बाहिर ल्यायो । सिग्नल नभएको बेला स्याटेलाइटबाट जोडिने पहिलो स्मार्ट फोन हो यो । त्यसपछि चिनियाँ बजारमा अग्रस्थान कायम गरेर एप्पलको चिनियाँ बजार घटाइदिएको छ । यो फोनमा चीनले बनाउन नसक्ने आंकल्न गरिएको चिप प्रयोग गरेर अत्याधुनिक सेमिकण्डकटर चिपको नाकाबन्दीलाई चुनौती दिएको छ । त्यसपछि हृवावे पूरा ७० र केही समयअगाडि तीन फोल्ड गर्न मिल्ने फोन मेट हृत् एप्पलको आइफोन १६ बजारमा प्रस्तुत गरेको दिनमै बजारमा प्रस्तुत गरेर आफ्नो क्षमता विश्व सामु देखायो ।
२०१९ सम्म चीनभित्रै बिजुलीले चल्ने गाडीहरू अत्यन्तै सीमित थियो । त्यतिबेला बिवाइडीले बनाएको कार सामन्य र करिब प्रतिचार्ज ८० किलोमिटर दौड्ने कारको मूल्य विदेशी आलिशान गाडीभन्दा महँगो थियो । संघाईमा सरकारले २० हजार युआन ब्योहोर्दिने र एउटा ठिक्कैको कार किन्न पुग्न लाग्ने नम्बर प्लेट सित्तै दिँदैमा पनि सीमित व्यक्तिले बाहेक किनेका थिएनन् । जलवायु परिवर्तनलाई ख्याल गरेर चीन सरकारले यस्ता गाडी निर्माण गर्न, यसलाई चलाउने ब्याट्री अनुसन्धानमा निकै लगानी गरेको थियो । चार्जिङ स्टेशनहरू थपिरहेको थियो । सयौं कम्पनीहरूले सुविधा लिएका थिए । आखिरमा बिवाईडीसँगै केही गाडी कम्पनी सफल भए । २०२३ जुनमा करिब चार वर्षपछि संघाईमा फर्कँदा विभिन्न कम्पनीका आलिशान बिजुली गाडी सडकभरी देखेपछि अचम्भ भएको थिए । २०१६ को एउटा अन्तर्वार्तामा टेस्लाका मालिक एलोन मस्कले बिवाइडीको मजाक उडाएका थिए । अहिले बिवाइडीको बिक्री टेस्लालाई उछिनी दिएर एउटा दह्रो प्रतिस्पर्धी भएको छ । भरखरैको समाचार जापानमै बिवाइदीको कारले टोयोटालाई आच्छु पारिरहेको छ । अहिले चिनियाँ बजारमा पराम्पर प्रविधिमा आधारित गाडीहररूको बिक्री दिनानुदिन ओरालो लागेको छ भने ती उत्पादन गर्ने कारखाना बन्द हुँदैछन् ।
विश्वमा गाडी उत्पादन गर्ने ठूला कम्पनीहरू र ती देशहरू कल्पनै गर्न नसक्ने गरी द्रुतगतिमा चिनियाँ बिजुली गाडीले बजार ओगटी रहेको देखेर हतोतसाही भएका छन् । खुल्ला विश्व बजार वकलात गर्ने तिनीहरू आफ्ना घरेलु बजार जोगाउन विभिन्न ट्रैड ब्यारिअयर खाडा गरिरहेका छन् र वाणिज्य र प्रविधि युद्धलाई झन् झन् कडाइ गरिरहेका छन् ।
चीनले आर्थिक, औधौगिक, प्राविधिक सफल्ता पाएको क्षेत्र अनेक छन् । ती सबै उल्लेख गर्न सम्भव छैन । उनीहरूले जे पाए सबै प्रतिकूल वाताबरण बाबजुद हरेस खाएनन् । स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानसँग बाँच्न, अर्काको अगाडि हात पसारेर, घुँडा टेकेर नभई जस्तो सुकै प्रतिकूल अवस्थामा पनि आफ्नै बुद्धि, मिहिनेतमा भर पर्नुपर्दो रहेछ भन्ने सन्देश चीनको प्रगतिले दिएको छ । हामी व्यक्तिगत र राष्ट्रिय मामलामा यही सोंचनुसार चल्न सक्यौं भने हाम्रो देश पनि मैले माथि उल्लेख गरेको विकसित सानो राष्ट्रजस्तै सम्पन्न र समृद्ध हुन सक्छौं भन्ने मलाई विश्वास छ ।
सुनिन्छ नेपालको एउटा प्रमुख राजनीतिक पार्टीले चीनको बिआरआईबाट अनुदान दिने भए लिने नत्र ऋण नलिने निर्णय गरेका छन् रे । बिआरआईको उद्देश्य अनुदान नभई सम्बन्धित देशहरूसँग आपसी लाभ ‘विन विन’को आधारमा गरिने चिनियाँ लगानी नीति हो भन्ने कुरा ती पार्टीका विद्वान अर्थशास्त्रीलाई थाहा नभएको पक्कै होइन होला । यसबारे जानाकारी गराउन यसै हिमालय टाइम्स पत्रिकामा मेरा लेख छापिएको थियो । सायद अनलाइनमा अझै पाइन्छ होला । हामी जस्तो अल्पविकसित गरिब देशले सबैसँग राष्ट्रिय हितलाई सर्वोपरी राखेर विना पूर्वाग्रह सहकार्य गर्न हिच्किचाउनु हुँदैन । सित्तैमा पाएको भनेर राष्ट्रिय हितविपरीत केही पनि स्वीकार्नु हुँदैन । हामी सबैले आत्मसत गर्नुपर्छ कि अरूले दयामाया गरेर दिएको अनुदानले हामीलाई उघो लगाउँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच