बसबाट खसेर दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडाैंकाे तारकेश्वरबाट रत्नपार्कतर्फ आइरहेको बा ४ ख ७१११ को बसमा झुण्डिएर बसेका यात्रु बाटोमा रोकिरहेको बा ३ क १६६६ गाडीसँग ठोकिँदा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका-५ का ४५वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका-१ घर भई हाल तारकेश्वर बस्ने ५८ वर्षीय सुन्तली ओझाको मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यात्रु चढाउने र ओराल्ने क्रममा रोकिराखेको अर्को गाडीमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि आक्राेशित भीडले गाडिलाई ताेडफाेड गरेका थिए । अहिले स्थिति नियन्त्रणमा रहेको र गाडीलाई पुलिसको स्कटिङद्वारा बालाजु चौकीमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?