आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छ : डा.कोईराला

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दैै नेता कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु,प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताउनु भयो। उहाँले कुनै सुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी गर्नुभयो । उहाँले अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु,प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको बताउनु भयो ।

उहाँले नेपाली जनताको भान्सा महँगो भएकाले सरकारले आलु,प्याजमा लगाएको कर तत्काल संशोधन गरेर जान माग गर्नुभयो। उहाँले सत्तापक्षका सांसदहरुले नै आफ्ना मागहरु सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्था काँग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो। नेता कोईरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउँने विषयकोे बिरोध गर्नुभयो । उहाँले सरकारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउदाँ कसरी निर्वाचन स्वच्छता र निश्पक्ष हुन्छ सरकारले बुझाउन आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो,‘अहिले देशको कुरा गर्दा देशले बाटो बिराएको हो की भन्ने आभास हुन्छ । लोकतन्त्र भन्ने बित्तिकै जवाफदेहिता,उत्तरदायित्व,सुशासन र दण्डहिन्ताको अन्त्य भएन भने लोकतन्त्र सुदृढ हुन सक्दैन । हामी लोकतन्त्रका कुरा गर्छौं । नेपाली काँग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो भनेर भनि रहेका छौं । तर यो कुरामा खरो भएर नेपाली काँग्रेस उत्रन सकेन भने लोकतन्त्र सुदृढ हुन सक्दैन । मलाई चिन्ता दण्डहिन्ता,सुशासन,भ्रष्टाचार मौलाएको छ । यी कुराहरुलाई समयमा नै नेपाली काँग्रेसले आफ्नो कार्यक्रम र सरकारका मन्त्रीहरुबाटमार्फत ठिक ठाउँमा लैजानु पर्ने आवश्यकता देखिएको छ । अहिले अर्थमन्त्रीले बजेट पेस गर्नुभयो । नेपाली काँग्रेसले केही धेरै बोलेको छैन । तर सरकारमा सँगै रहेका सार्थीहरु माग भएका कुराहरु समावेश भएन भने पास हुन दिँदैनौं भन्नुभएको छ । यस्तो अवस्थामा नेपाली काँग्रेस कसरी जाने हो । अर्को कुरा मैले नबुझेको हो की मलाई बुझाइ दिनुप-यो । निर्वाचन आयोगको जिल्ला कार्यालयहरुलाई जिल्ला प्रशासन कार्यालयमा राखेपछि निष्पक्षता कसरी हुन्छ । आलु,प्याज र स्याउमा कर लगाएको छ । जनतालाई विदेशबाट आयात भएको आलु,प्याज महँगो हुन्छ । नेपालमा उत्पादन भएको आलु प्याज सस्तो हुन्छ । कर लगाउने बित्तिकै सस्तो कही पनि हुँदैन । यस्तो व्यवस्थाले जनताको भन्सा महँगो भएको छ । यसलाई सुधार गरेर जान आवश्यकक छ ।’

उहाँले अहिले देशले बाटो बिराएको जस्तो आफूलाई आभाष भएको बताउनु भयो। उहाँले मुलुकमा जवाफदेहिता,उत्तरदायित्व,सुशासन र दण्डहिन्ताको अन्त्य हुन नसके लोकतन्त्र सुदृढ हुन नसक्ने बताउनु भयो। उहाँले नेपाली काँग्रेस लोकतन्त्र सुदृढ बनाउन खरो रुपमा मैदानमा उत्रन आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकमा दण्डहिनता,सुशासन,भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?