रौतहट । बाघको आक्रमणबाट रौतहटमा वडाध्यक्षसहित दुई जना घाइते भएका छन् । रौतहटको गुजरा नगरपालिका-१ स्थित जंगलको छेउमा रहेको खेतमा काम गर्न शनिवार बिहान गएका ६५ वर्षीय बौराई चौधरीमाथि बाघले आक्रमण गरेको थियो ।
चौधरीमाथिबाघले आक्रमण गरेपछि बचाउनका लागि सोही वडाका ५५ वर्षीय वडाध्यक्ष रामजित चौधरी जाँदा वडाध्यक्षमाथि पनि बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट दुवैजना गम्भीर घाइते भएका थिए । बाघलाई धपाउन सकेपनि दुवै जना गम्भीर अवस्थामा भेटिनु भएकाे थियाे ।उहाँहरुलाई उपचारको लागि पठाइएको छ ।
वडाध्यक्ष रामजित चौधरीको उपचार वीरगंजस्थित बयोधा अस्पतालको आइसियुमा भइरहेको र बौराई चौधरीलाई थप उपचारको लागि भारततिर लगिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिनुभयो ।
आक्रमणपछि बाघ फेरि जंगल पसेको स्थानीयको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच