राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ को वडाध्यक्ष पद उपनिर्वाचन मार्फत जनता समाजवादी पार्टी (जसपा) नेपालले खोसेको छ।
मतगणनाको अन्तिम परिणाम अनुसार डाक्नेश्वरी नगरपालिका १ को वडाध्यक्षमा जसपा, नेपालका धिरेन्द्रकुमार साह निर्वाचित हुनुभएकाे छ । ६५२ मत ल्याएर उहाँ निर्वाचित हुँदा यसअघि वडाध्यक्ष निर्वाचित भएको कांग्रेसका उम्मेदवार भूलिया देवी थरुनीले ५८७ मत ल्याएर दोस्रो हुनुभयाे ।
नेकपा एमालेकी भगवानी साहले २ सय ६५ मत मात्रै पाइन्। ०७९ को निर्वाचनमा यस वडामा ५३५ मत ल्याएर प्रितमलाल चौधरी निर्वाचित हुनुभयाे ।
यसैगरी, वडा नम्बर ४ को वडाध्यक्षमा पनि जसपा नेपालकै देवेन्द्रप्रसाद यादव निर्वाचित हुनुभएकाे छ । उहाँले ३७२ मत प्राप्त गर्नुभयाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमात २७७ र जनमत पार्टीका उदयनारायण पण्डितले २३१ मत प्राप्त गर्नुभएकाे छ ।
यो वडामा पनि ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका हरिप्रसाद राय विजयी हुनुभएकाे थियाे। ३३३ मत ल्याएर हरिप्रसाद विजयी हुँदा जसपा नेपालका महेन्द्र यादव २६९ मत ल्याएर दोस्रो हुनुभएकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच