काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सातौँ वार्षिकोत्सवका अवसरमा ११ जना सदस्यसहितको विमेन्स फोरमको गठन गरेको थियो । कम्पनीमा कार्यरत महिला कर्मचारीलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयमाथि छलफल गर्ने र समस्या देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले गठित यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।
हाल विश्वव्यापीरूपमा चलिरहेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै मंसिर १४ गते कम्पनीले प्रधान कार्यालयमा ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको ऐक्यबद्धता’ विषयमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालले लैंगिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैंगिक हिंसा र व्यावसायिक संस्थाले अपनाउनुपर्ने कानुनी व्यवस्थाबारे जानकारी गराउनुभएको थियो ।
प्रत्यक्ष र अनलाइनमार्फत् उपस्थित एक सय ७८ जना सिटिजनका कर्मचारीलाई लैंगिक हिंसाविरुद्ध ऐक्यबद्ध भएर काम गर्न अर्यालले आग्रह गर्नुभएको थियो । उहाँले लैंगिक हिंसा महिलामाथि मात्र नभई पुरुषमाथि पनि हुने भन्दै हिंसाबाट कसरी बच्ने र भएको खण्डमा कसरी कानुनीरूपमा अघि बढ्ने भन्नेबारेमा पनि चर्चा गर्नुभएको थियो ।
फोरम संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउँदै लैंगिक हिंसापीडितलाई आवाज उठाउन आग्रह गर्नुभएको थियो भने कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बिसीले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्राथमिकता रहेको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच