नेपालगन्ज । दशौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जित्नु भएको छ ।
शनिबार सम्पन्न म्याराथनमा पुरुषतर्फ खड्काले उपाधि जित्नु भएको हो । ४२.१९५ किलोमिटर दुरीको दौडमा उपाधिसंगै खड्काले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।
उपाधि जित्ने क्रममा खड्काले निर्धारित दूरी २ घण्टा १७ मिनेट ४८ सेकेन्डमा पूरा गर्नुभयो । नेपाली सेनाका खड्का आठौं संस्करणका पनि विजेता हुनुहुन्छ । नवौँ धारा नेपालगन्ज म्याराथनको उपाधि गतवर्ष एपीएफका गोपीचन्द्र पार्कीले उपाधि जित्नु भएको थियो ।
म्याराथनमा नेपाली सेनाकै राजन रोकाया द्वितीय र सेनाकै सुशीलकुमार शाही तृतीय हुनु भएको छ । द्वितीय हुनुभएका रोकायाले १ लाख र तेश्रो स्थान प्राप्त गर्नुभएका शाहीले ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
२१ किलोमिटर हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जित्नु भएको छ । उहाँले लगातार चौथोपटक उपाधि जित्नु भएको हो । एपीएफकी पुष्पा भण्डारी द्धितीय हुनुभयो । सुर्खेतकी विमला कार्की तृतीय हुनुभयो ।
महिलातर्फ हाफ म्याराथनको उपाधि जितेकी सन्तोषीले निर्धारित दूरी १ घण्टा १७ मिनेट ३० सेकेन्डमा पूरा गर्नु भएको थियो । दोस्रो हुनुभएकी पुष्पा भण्डारीले निर्धारित दूरी १ घण्टा १९ मिनेट १२ सेकेन्डमा पूरा गर्नुभयो ।
यस्तै, तेस्रो स्थान हासिल गर्न विमला कार्कीले १ घण्टा ४९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पूरा गर्नु भएको थियो । प्रथम भएकी सन्तोषीले ७५ हजार, द्वितीय भएकी पुष्पाले ५० हजार र तृतीय स्थान हासिल गरेकी विमलाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पूरा हुन्छ । क्रियटिभ ह्याण्ड्सले नेपालगञ्ज म्याराथन आयोजना गर्दै आएको छ ।
-शुभाकर विश्वकर्मा
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच