काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध हास्यकलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताई छुट्टै पहिचान बनाइसक्नुभएका गजुरेललाई प्रभु महालक्ष्मी लाइफसले ब्राण्ड एम्बेसडरका रूपमा सम्झौता गरेको हो ।
मंगलबार एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा कलाकार गजुरेलले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईंले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताउनुभएको छ । कम्पनीका ब्राण्ड एम्बेसडर गजुरेलले जीवन बिमाजस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच