
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गर्नुभएको छ ।
मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो । सुरुमा ‘दमक भ्यु टावर’को नामबाट निर्माण सुरु भएको भए पनि पछि ‘दमक बिजनेस कम्प्लेक्स’ नामाकरण गरिएको थियो ।
कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने सो कम्प्लेक्स प्रधानमन्त्री ओलीकै पहलमा गौरवको आयोजनाका परेको थियो । एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ रुपैयाँमा लागत सम्झौता भएको परियोजनाको लागत ५ दशमलव ४ प्रतिशत बढेको छ ।
भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच