काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १७औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वैशाख ७ गते बैंकको वार्षिकोत्सव रहेकोमा चैत १७ गते बैंकले गण्डकी प्रदेशअन्तर्गत बेनी शाखा र कर्णाली प्रदेशअन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
बैंकले गण्डकी प्रदेशको बेनी नगरपालिका ६ अर्थुङ्गेमा स्थानीय बेनी सञ्जीवनी हेल्थ क्लिनिकसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरेको जनाएको छ । त्यस्तै, कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानीय जिपी मेमोरियल नर्सिङ होमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
उक्त स्वास्थ्य शिविरहरूमा तीन सयभन्दा बढीले सेवा प्राप्त गरेको बैंकले जनाएको छ । गाउँ-गाउँमा शिविर आयोजना गरी रोगको उपचारमात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्यअनुरूप शिविरको आयोजना गरिएको पनि बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच