काठमाडौं । देशभरका सोफा उत्पादक व्यवसायीहरुको छाता संस्था सोफा उत्पादक संघको अध्यक्षमा तारालाल धरेल चयन हुनुभएको छ ।
संघको शनिबार साँझ सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष धरेल सोफा हवका सञ्चालक हुनुहुन्छ ।
यस्तै, संघको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा दिपेन्द्र धरेल र कोषाध्यक्षमा महेशराज थापा चयन हुनुभएको छ । यस्तै, सदस्यमा ज्ञानेन्द्र धरेल, रेमन नेपाली, पार्वती अधिकारी, विष्णु देवकोटा पन्थ, सुमित्रा काप्री, सत्यम देवकोटा र मोहन दनै हुनुभएको छ ।
विस २०७९ सालमा स्थापना भएको उक्त संङ्घमा हाल चार दर्जनभन्दा बढी सोफा उत्पादक कम्पनी आवद्ध छन् । नेपालमा वि.स. २०३६ सालदेखि सोफा उत्पादन सुरु गरिएपनि हालसम्म पनि विदेशबाट आयत गरिएको सोफा विभिन्न कार्यालयमा प्रयोग हुँदै आएका छन् ।
हाल काठमाडौं उपत्यकाभित्र १०० र देशभर दुईसय भन्दा बढी सोफा कम्पनी रहेका छन् भने १० हजारभन्दा बढी व्यक्तिले प्रतक्ष्य रोजगारी पाएको संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच