हुम्ला । हिमाली जिल्ला हुम्लामा आइतबार रातीदेखि हिमपात हुँदा अन्तरजिल्ला जोड्ने एक मात्रै हवाईसेवा विहानदेखि अवरुद्ध भएको छ
आइतबार दिउँसो मौसममा आएको फेरबलसँगै निरन्तर चलेको हावाहुरीका कारण राति १२ बजेदेखि जिल्लामा हिमपात हुँदा सोमबार हवाईसेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जनाएको छ ।
सोमबार विहानदेखि दिनभर फाटफुट हिमपात हुँदा हवाई सेवा अवरुद्ध भएको हो । हिमपातसँगै बाक्लो बादल लागेका कारण हवाईसेवा अवरुद्ध भएको सीता एयर सिमकोटमा सूर्य लामाले बताउनुभयो ।
हिमपातसँगै बाक्लो बादल लागेका कारण नेपालगञ्जबाट निजी सरकारी स्वामित्वमा रहेका जहाजले हुम्लामा उडान गर्न नसकेको लामाले बताउनुभयो । नेपालगञ्जदेखि सीता, समिट, तारा र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ । सिमकोटमा बाक्लो कुहिरो लागिरहेको र विमानस्थलमा हिउ जमेको कारण उडान हुन नसकेको हो ।
यस्तै सदरमुकाम सिमकोटदेखि अन्तरपालिकामा सञ्चालन हुँदै आएका सवारी साधनपनि ठप्प रहेका छन् । सिमकोटदेखि खार्पुनाथ र सिमकोटदेखि उत्तरी नाम्खा गाउँपालिकामा ओहरदोहर गर्दै आएका सवारी साधन सोमबार ठप्प रहेका छन् । हिमपातले सडकमा सवारी साधन सञ्चालनमा ल्याउन नसकिने भएपछि ठप्प रहेका छन् ।
यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् । जेठमा पाक्ने बालीलाई राम्रो हुने यहाँका किसान रामबहादुर बोहराले बताउनुभयो । लामो समयसम्म हिमपात नहुँदा चिन्तीत भएपनि केही ढीला गरी हिमपात भएपछि खुसी भएको उहाँले बताउनुभयो ।
हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ । उत्तरी क्षेत्रमा रहेका लिमी, चाला लगायतका नागरीकले एक गाउँबाट अर्को गाउँसम्म जान नसकेको बताइएको छ । सोमबार दिनभर हिमपात भएपछि एक गाउँबाट अर्को गाउँमा आवतजातव गर्न समस्या भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच