ढाका । बंगलादेशले लगातार दोस्रोपटक यू-१९ एसिया कपको उपाधि जितेको छ । दुबईमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा १९८ रन बनाएको थियो । उसका लागि रिजन होसेनले ४७ रन बनाउँदा मोहमद सिहाब जेम्सले ४० रन बनाउनुभयो ।
त्यस्तै फरिद हसनले ३९ रन बनाउँदा जवाद अब्राले २० रन बनाउनुभयो । कप्तान अजिजुल हाकिमले १६ रन बनाउँदा मरूफ मृधाले ११ रन बनाउनुभयो । भारतका युद्धजित गुहा, चेतन शर्मा र हार्दिक राजले २-२ विकेट लिनुभयो । त्यस्तै किरन चोर्मा, केपी कार्थीकेया र आयुष महत्रेले समान १-१ विकेट लिनुभयो ।
१९९ रनको लक्ष्य पछ्याएको भारत केवल ३५.२ ओभरमै १३९ रनमा अलआउट भयो । भारतका लागि कप्तान मोहमेद अमानले २६ रन बनाउनुभयो । आन्द्रे सिद्धार्थले २० रन बनाउँदा केपी कार्थीकेइले २१ रन, हार्दिक राजले २४ र चेतन शर्माले १० रन जोड्नुभयो । हाकिमले ३–३ विकेट लिनुभयो । त्यस्तै अल फहादले २ विकेट हात पार्दा मारूफ मृधा र रिजन होसेनले १-१ विकेट लिनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच