म्याग्दी । लाटोकोसेरोको संरक्षणका लागि म्याग्दीको सदरमुकाम बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविमा सचेतना अभियान सम्पन्न गरी संरक्षण अभियान सुरु भएको छ ।
बुधबार विभिन्न जिल्लाहरुमा लाटोकोसेरोको महत्व र कृषि तथा वातावरणको क्षेत्रमा यसले पु-याउने सहयोगका बारेमा सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको ‘प्रकृतिका साथीहरु’ नामको संस्थाले बुधबार बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा एक कार्यक्रमको आयोजना गरी संरक्षण अभियानको सुरुवात गरेको हो ।
वयट्ली फण्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा प्रकृतिका साथीहरु संस्थाले गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षण कार्ययोजना लागु गर्नको लागि बिभिन्न कार्यहरु गर्दै आइरहेको लाटोकोसेरो संरक्षण अभियानका अभियन्ता तथा तथा ‘प्रकृतिका साथीहरु’ संस्थाका लाटोकोसेरो संरक्षण दुत आयुष ढुङ्गानाले जानकारी दिनुभयो ।
“विद्यार्थीहरुलाई प्रकृति र संस्कृति बुझाउनु पर्दछ । मानिसहरुको लागि उपयोगि ठानिएका तर वासस्थान र आहाराको अभावमा लोप हुँदै गएका पशुपंक्षीहरुको बारेमा उनीहरुलाई बुझाउन सकियो भने उनीहरु आँफै यस्ता पंक्षीहरुको संरक्षणमा लाग्छन्” ढुङ्गानाले भन्नुभयो “त्यसैले हामीले विद्यार्थीको माझबाट नै लाटो कोसेरोको संरक्षण तथा सचेतना अभियान सुरु गरेका हौँ ।”
अभियन्ता ढुङ्गानाका अनुसार अंग्रेजीमा आउल भनिने यो पंक्षी किसानको साथी हुँदाहुँदै पनि हेपिएको पंक्षीमा गनिन्छ । आकारमा सानो र ठूलो हुने यस पंक्षीको सानो प्रजातिलाई लाटोकोसेरो र ठूलोलाई हुचील भनिन्छ । दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ । ठूलाठूला आँखा हुने यो प्रजातिको तीनवटा परेलाहरु हुन्छन् । यो चराको बासस्थान तराईदेखि हिमालसम्म विस्तार भएको भेटिन्छ ।
म्याग्दी जिल्लामा बन्यजन्तुको अबैध चोरी तस्करी रोकथाम तथा नियन्त्रणमा लागेका संस्थाका प्रतिनिधिहरुलाई समेत सचेतना कार्यक्रम संचालन गरिसकिएको उहाँले बताउनुभयो । अभियान अन्तर्गत विभिन्न विद्यालय र समुदाय स्तरमा जनचेतना शिविरहरु आयोजना गर्न लागिएको पनि उँहाले जानकारी दिनुभयो ।
कार्यक्रममा अभियन्ता तथा लाटोकोसेरो संरक्षण दुत सुदर्शन पराजुलीले लाटोकोसेरोको संरक्षणका लागि जंगलका पुराना र बूढा रुखहरु जोगाउनु पर्ने,गुलेली प्रतिवन्धित क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो ।
अभियन्ता पराजुलीले संसारभर करिब दुईसय २५ प्रजातिका लाटोकोसेराहरुको अभिलेख गरिएको र नेपालमा २१ प्रजातिका मात्र भेटिएका बताउनुभयो ।
एउटा लाटोकोसेरोको प्रजातिले फुल पारेर बच्चा हुर्काउने बेलासम्म करीब तीनहजार मुसा खाने भएकोले यिनलाई किसानको साथी पनि भनिने उँहाले जानकारी दिनुभयो । यिनको संरक्षणबाट पर्यापर्यटन विकासमासमेत टेवा पुग्न सक्छ । प्रकृतिलाई सन्तुलित राख्न पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइरहेको छ ।
पछिल्लो समयमा चोरी शिकारीको कारणले यसको संख्या दिनप्रतिदिन घट्दै गएको उहाँले बताउनुभयो । यिनको संरक्षणका लागि भनेर वार्षिक लाटोकोसेरो तथा हुचील उत्सव समेत हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच