काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासदमा रहनुभएकाे पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना हुनुभएको छ ।
बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ । बिहीबार स्वास्थ्य परीक्षण गराउँदा जोशीलाई डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उहाँ भर्ना हुनुभएको हो ।
जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ पर्नुएको थियो ।
जोशीसहित पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।
एउटै मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन इन्कार गर्नुभएको छ । केही दिनदेखि निरन्तर रक्तचाप बढेपछि उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच