काटमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाले सर्वसम्मतरूपमा विधान संशोधन गरेको छ । महासंघको विधान २०४९ मा गरिएको सातौँ संशोधनले संस्थागत विकासतर्फ महत्वपूर्ण निर्णय गरेको महासंघको भनाइ छ । संशोधनमा महासंघको अध्यक्ष प्रत्यक्षरूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कार्यकाल दुई वर्षको हुने छ । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था थियो । नयाँ संशोधनअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारणसभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने छ ।
महासंघ कार्यकारिणी समितिमा तीन उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्याइएको छ । त्यसैगरी एकजना वरिष्ठ उपाध्यक्ष रहने छ । वरिष्ठ उपाध्यक्ष चयन पनि कार्यकारिणी समितिले गर्ने छ । जिल्ला नगरतर्फ एक थप गरी दुईजना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्ष रहने पनि व्यवस्था गरिएको छ । महिला उपाध्यक्षलाई कार्यकारिणी समितिले चयन गर्ने छ तर त्यसका लागि कार्यकारिणी समितिमा कम्तीमा १२ जना महिला सदस्य रहेको हुनुपर्ने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षको सभापतित्वमा महिला उद्यमी परिषद् पनि महासंघमा गठन हुने व्यवस्था गरिएको छ ।
महासंघको नेतृत्व तहमा महिला सहभागिता बढाउन जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फ महिला सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरिएको छ । महासंघअन्तर्गतको नेपाल युवा उद्यमी फोरमका अध्यक्ष महासंघ केन्द्रीय कार्यकारिणी समितिमा पदेन सदस्यका रूपमा रहने व्यवस्था पनि नयाँ विधानमा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच