जुम्ला । नेपाल पत्रकार महासंघको जुम्ला शाखा अध्यक्षमा पुर्ण प्रसाद चाैलागाईं निर्वाचित हुनुभएकाे छ । शुक्रबार सम्पन्न निर्वाचनमा अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीलाई तीन मत अन्तरले पराजित गर्दै चाैलागाईं अध्यक्षमा निर्वाचित हुनुभएकाे निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ याेगीले जानकारी दिनुभयो ।
जम्मा मतदाता संख्या ५४ मध्ये ५३ मत खसेको थियो । अध्यक्ष चाैलागाईंले २८ मत ल्याउनु भएको थियो । उहाँका प्रतिस्पर्धी शाहीले २५ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक याेगीले बताउनुभयो ।
जिल्ला कार्य समितिमा चाैलागाईंकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा नाैरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, काेषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरीता पराजुली यसअघिनै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक याेगीले बताउनुभयो ।
त्यस्तै सदस्यहरुमा मोहन शाही, टेक हमाल, सिता कुमाई,सपना रावत, सिवानी वि.क.,लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रेस सेन्टरबाट दुई अध्यक्ष उम्मेदवार भएपछि चाैलागाईंलाई प्रेस युनियन र प्रेस चौतारीले समर्थन गरेको थियो ।
समाजवादी प्रेस संगठन र प्रेस सेन्टरले गठबन्धन गरेका थियो । निर्वाचित उम्मेदवारलाई शनिबार प्रमाणपत्र प्रदान गरिने निर्वाचन समितिले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच