अर्घाखाँची । नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखामा गणेश खनालको प्यानल लोकप्रिय मतका साथ विजयी भएका छन् । प्रेस चौतारी तथा प्रेस युनियन को संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार गणेश खनालले कुल खसेको ४७ मत मध्ये अध्यक्षमा खनालले ३३ मत लिएर निर्वाचीत भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी प्रेस सेन्टर नेपाल,समाजवादी र प्रगतिशिल पत्रकारलगायतको प्यानलका उम्मेदवार अशोक खनालले १४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा रुद्रमणि भुसाल,समावेशी उपाध्यक्षमा अम्बीका बेल्बासे श्रेठ, सचिवमा लक्ष्मण घिमिरे, सहसचिव खुल्लामा घनश्याम पौडेल, यस्तै समावेशी सचिवमा बसन्त श्रेष्ठ,कोषाध्यक्षमा नविन केसी विजय भएका छन् ।
यस्तै सदस्यमा सागर महत, विष्णु खनाल, नारायण पोखरेल, कमला पोखरेल, अमृत श्रेष्ठ, नविन पन्थी, बिजयी भएको निर्वाचन अधिकृत बिस्नु प्रसाद भुसालले बताउनु भएको छ ।
जिल्ला कार्यसमितिमा रहेका कुल ५७ मतदाता मध्ये खसेको ४७ मतमा सबैभन्दा बढी सदस्य पदका उम्मेदवार सागर महतले ३४ मत प्राप्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच