आँखा कार्यक्रमलाई स्ट्याण्डर्ड चार्टर्डको एक अर्ब

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ग्रामीण क्षेत्रमा आँखाको चेकजाँच तथा उपचारको पहुँच वृद्धिका लागि दुर्ई संस्थालाई एक अर्ब नेपाली रुपैयाँ सहयोग गरेको छ । उक्त रकम तिलगंगा आँखा प्रतिष्ठानले सञ्चालन गर्दै आएको नेपाल आइ (आँखा) प्रोग्राम र मित्र समाजले सञ्चालन गर्दै आएका निःशुल्क आँखा उपचार शिविर सञ्चालनमा प्रयोग हुने बैंकले जनाएको छ । बैंकले तिलगंगा आँखा प्रतिष्ठानलाई ४७ लाख ९० हजार आठ सय ६६ हजार सहयोग गरेको छ । उक्त रकमबाट प्रतिष्ठानले पर्सा जिल्लाको निचुता गाउँमा सामुदायिक आँखा उपचार केन्द्र स्थापना गर्ने भएको छ । आयोजनामार्फत् सात हजार मानिस प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ ।

त्यस्तै, बैंकले मित्र समाजलाई ६७ लाख २५ हजार सहयोग गरेको छ । उक्त रकम मित्र समाजले सञ्चालनमा ल्याएको मोतीबिन्दु अन्धोपना उन्मूलन परियोजनामा प्रयोग हुनेछ । जसअन्तर्गत मित्र समाजले दुर्गम क्षेत्रमा अन्धोपना गराउने सम्भावित कारण पहिचान गरी परामर्श तथा उपचार, मोतीबिन्दु पहिचान, त्यसको उपचारलगायतका सेवा सुिवधाहरू प्रदान गर्दै आएको छ । उक्त सहयोगबाट आठ हजार मानिस प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ ।

अन्धोपनाका सम्भावित कारणबारेमा समयमा पहिचान गर्न सकेमा अन्धोपना हुँदैन भन्ने विश्वासका साथ आँखा उपचारको पहुँच नभएका क्षेत्रमा मित्र समाज र तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा काम गर्न पाउँदा खुसी लागेको भन्दै बैंकले आगामी दिनमा समेत समाजको हित हुने काम गर्ने कर्पोरेट अफेयर्स ब्राण्ड तथा मार्केटिङ प्रमुख हर्ष पिल्लाईले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?