चीन सरकारले पञ्चेन लामालाई, तिब्बतका आध्यात्मिक गुरु (नेता) दलाई लामाको उत्तराधिकारीको रूपमा घोषित गरी प्रचारप्रसार गर्दै आएको छ । चीन सरकारको यस घोषणालाई पश्चिमी देशहरू र निर्वाचनमा रहेका तिब्बती शरणार्थीहरूले अस्विकार गरेका छन्, मान्यता दिन चाहिरहेका छैनन् । तिनै पञ्चेन लामा गतसाता नेपाल भ्रमणमा आएको जानकारी बाहिरिएपछि काठमाडौंको कूटनीतिक वृतमा तनावको अवस्था उत्पन्न भएको थियो । पञ्चेन लामा डिसेम्बरको मध्यमा भगवान बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्ने र पछि काठमाडौंको कार्यक्रममा पनि तिनको सहभागिता रहने सम्भावनाले नेपालका अधिकारीसामु तनाब उत्पन्न हुनु स्वभाविक नै थियो । नेपाल सरकारको अनुमति नभएपछि उनी नेपाल आउन सकेनन् तर नेपालले यस्ता विषयमा गम्भीर हुनु आवश्यक छ ।
पञ्चेन लामा आफ्ना सुरक्षाकर्मी र अधिकारीहरूसहित सिधै बेइजिङबाट लुम्बिनी आउने कार्यक्रम थियो तर त्यसबारे सम्भवतः कुनै पूर्वस्वीकृति नलिइएका कारण यो भ्रमण सम्भव हुन सकेन । संस्कृति, पर्यटन तथा नागरिकता उड्डयन मन्त्रालयले लुम्बिनी र काठमाडौंमा नान्हाई बुद्ध धर्म गोलमेज-२०२४ को धार्मिक कार्यक्रम आयोजन गर्न स्वीकृति प्रदान गरेको हो । प्रमाणीकरण प्रक्रियामा संलग्न एक अधिकारीले ‘हामीले उनको नाम कतै फेला पार्न सकेकौ तर उहाँसँग धेरै नाम र पहिचानसहितको धेरै राहदानी हुन सक्दछ’, पहिचान लुकाउने धेरै तरिकाहरू छन र त्यसैले हामी सतर्क थियौं भनेका छन् । गनासिन नोर्बु भनिएका पञ्चेन लामा साँच्चै हुन् कि होइनन् भने पुष्टि गर्ने प्रक्रियामा नेपालका अधिकारीहरू लागेका थिए ।
दलाई लामालाई पश्चिमी देशहरू र निर्वासनमा रहेका अधिकांश तिब्बती समुदायको समर्थन प्राप्त छ, जबकी चीनले भने वहाँलाई प्रथकतावादी भन्दै आएको छ । तिब्बती भिक्षुहरू निरन्तर रूपमा नेपाल र लुम्बिनी आउने गरेका छन् । २ सय २७ जना चिनियाँ भिक्षु तथा बौद्ध संघका पदाधिकारी हालै लुम्बिनी आएका छन् ।
उनी विगत दश वर्षदेखि नेपाल घुम्न खोज्दै आएका थिए र विशेष गरी बुद्ध जयन्तीमा यहाँ आउन चाहन्थे भन्ने भनाइ लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यार्कल लामाको रहेको छ । लामा, स्वयं पनि विगतमा विवादमा आएका व्यक्ति हुन् र उनीसित नेपाल, भारत र तिब्बतको पहिचान रहेको विषय चर्चामा आएको थियो । विवादास्पद छविका अनुहारलाई महत्वपूर्ण जिम्मेवारीमा राख्दा समय समयमा विवाद उत्पन्न हुनु अस्वभाविक हुँदैन । सुरक्षा व्यवस्थाका कारण पञ्चेन लामालाई १४ डिसेम्बरको कार्यक्रममा बोलाउन नसकिएको सफाइ ल्यार्कल लामाको रहेको छ तर यथार्थमा नेपालले नै अनुमति नदिएको हो ।
पञ्चेन लामाको भ्रमणले नेपालको भूराजनीतिक चुनौती थपिने भएकाले यसपटक उनको भ्रमण हुन नसकेको टिप्पणी ल्यार्कल लामाको रहेको छ । भनिन्छ, सरकारलाई देशभित्र र देश बाहिरबाट दबाब पर्न थालेपछि परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासलाई कूटनीतिक नोट नै लेखेर यस सम्बन्धमा सोधेको थियो । सरकारले धार्मिक मामिलामा तटस्थता कायम राख्ने नीतिका कारण उनलाई नेपाल आउन धार्मिक मामिलामा तटस्थता कायम राख्ने नीतिका कारण उनलाई नेपाल आउन अनुमति नदिनेसमेत प्रष्ट पारिसकको छ । जसरी नेपाललले निर्वासित आत्यामिक नेता दलाई लामालाई नेपाल आउन अनुमति दिएको छैन त्यसरी नै चीन समर्थित धार्मिक व्यक्तितत्व पञ्चेन लामालाई पनि नेपाल भ्रमणका लागि अनुमति दिने पक्षमा छैन ।
दलाई लामालाई पश्चिमी देशहरू र निर्वासनमा रहेका अधिकांश तिब्बती समुदायको समर्थन प्राप्त छ, जबकि चीनले भने वहाँलाई प्रथकतावादी भन्दै आएको छ । तिब्बती भिक्षुहरू निरन्तर रूपमा नेपाल र लुम्बिनी आउने गरेका छन् । २ सय २७ जना चिनियाँ भिक्षु तथा बौद्ध संघका पदाधिकारी हालै लुम्बिनी आएका छन् । त्यसै टोलीमा पञ्चेन लामा पनि नेपाल आउने विषयले चर्चा पाएको थियो । पञ्चेन लामा पक्कै पनि नेपालकै माथिल्लो स्तरबाट अनुमति पाएर नै लुम्बिनी आउने तरखरमा थिए । नेपालका नेताहरूको जिम्मेवारीवाट पन्छिने रोग रहेको छ । प्रत्येक कुरामा आफ्नो अनभिज्ञता जनाइदिने बहाना हाम्रो देशमा सफल सावित भई आएको छ । कुनै कुराको अनुसन्धान गर्ने, विषयको तहसम्म पुग्ने र त्यसलाई निष्कर्षसम्म पु¥याउने काम हाम्रो देशमा कहिल्यै हुँदैन । कार्पेटमुनि धुलो राख्ने प्रवृत्ति नेपालको निम्ति सामान्य कुरा हो ।
नेपालमा जब-जब स्वतन्त्र, तटस्थ एवं समानतामा आधारित परराष्ट्र नीतिको कुरा हुन थाल्दछ, अनि त्यसको सोझो अर्थ हुन्छ, उत्तरी छिमेकी चीनसँग विशेष सम्बन्ध कायम राखी परराष्ट्र नीतिको सञ्चालन गर्नु । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न उत्तरी छिमेकी चीनको नेपाल भ्रमणमा भएका सहमति र सम्झौताहरू यसका उदाहरण हुन् । नेपालमा जब-जब कम्युनिष्ट पार्टीको नेतृत्व सरकार अस्तित्वमा आउँछ अनि यो अमेरिका र भारतप्रति पूर्वाग्रही तथा उत्तरी छिमेकीप्रति बढी सहिष्णु मानिन्छ । सफट पावरअन्तर्गत शिक्षा-संस्कृति र कलाको माध्यमबाट पनि ठूला देशहरूले सानो देशहरूमा आफ्नो प्रभावको विस्तार गर्न चाहन्छन् । नेपाल जस्तो सनातन धर्म संस्कृतिको विरासत बोकेको र बुद्धको जन्मभूमि नेपाललाई अब तेस्रो देशले बुद्ध धर्मको बारेमा ज्ञान दिने अवस्था आएको छ ।
दलाई लामाको ठाउँमा चीन सरकारले नयाँ दलाई लामाको नियुक्ति गर्दै आएको छ । चीन सरकारले नियुक्त गर्दै आएको नयाँ दलाई लामालाई, विश्व समुदाय खास गरी चीनबाहिर रहेका तिब्बती बुद्धमार्गीहरू र पश्चिमाहरूले मान्यता दिएका छैनन् । तिब्बतबाट पलायन भएका निर्वासित धार्मिक नेता दलाई लामाले भारतको धर्मशालामा शरण लिएका छन् ।
‘गौतम बुद्ध नेपालमा जन्मेका थिए’ भने नारा अथवा वाक्यलाई नेपालले विश्वभरि प्रचार–प्रसार गर्दै आएको छ । यो यथार्थ पनि हो र यसमा कही कतै विवाद पनि छैन तर ‘बुद्ध नेपालमा जन्मेका थिए’ यति मात्रै भनेर हाम्रो कर्तव्यको इतिश्री हुन्छ त ? बुद्धभूमि नेपालको यस धर्म संस्कृतिको संरक्षण, संवद्र्धन र प्रचार-प्रसारमा पनि ठूलो भूमिका हुनुपर्दछ । यसमा नेपालको अग्रणी र नेतृत्वदायी भूमिका हुनुपर्दछ । बुद्ध धर्म संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि नेपालले केवल आफ्नो देशभित्र मात्रै होइन, देशबाहिर पनि सकारात्मक र सक्रिय भूमिकाको निर्वाह गर्नुपर्दछ ।
गौतम बुद्धको जन्मभूमि नेपाल तथा कर्मभूमि, ज्ञानभूमि र निर्वाण प्राप्त गरेको भूमि भारत त विश्वभरिका बुद्धमार्गीहरूको निम्ति पवित्रस्थल हो नै, तेस्रो महत्वपूर्ण स्थान ‘त्रिविष्टप’ अर्थात् तिब्बत हो । चीनले तिब्बतलाई आफ्नो कब्जामा लिएपछि यो चीनको अंग बन्न गएको छ । नेपालले एक चीन नीतिको समर्थन गर्दै आएको छ र तिब्बतलाई चीनको अंग मान्दै आएको छ । तिब्बतमा बुद्ध धर्म संस्कृतिको संरक्षण र सम्वद्र्धन होस् भन्ने चाहना नेपालको सुरुदेखि नै रहिआएको छ । चीनले तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँको धार्मिक नेता दलाई लामा त्यहाँबाट पलायन भए ।
उनको ठाउँमा चीन सरकारले नयाँ दलाई लामाको नियुक्ति गर्दै आएको छ । चीन सरकारले नियुक्त गर्दै आएको नयाँ दलाई लामालाई, विश्व समुदाय खासगरी चीनबाहिर रहेका तिब्बती बुद्धमार्गीहरू र पश्चिमाहरूले मान्यता दिएका छैनन् । तिब्बतबाट पलायन भएका निर्वासित धार्मिक नेता दलाई लामाले भारतको धर्मशालामा शरण लिएका छन् । लोकतान्त्रिक देश भारतमा राजनीतिक शरण लिने नेताहरूको सूचीमा एउटा नाम दलाई लामाको पनि रहेको छ ।
नेपालमा राणाविरोधी आन्दोलन हुँदा तात्कालीन राजा श्री ५ त्रिभुवनले पनि केही समयका लागि निर्वासनमा भारत नै रोजेका थिए भने राजा महेन्द्रले विसं २०१७ साल पुस १ गते लोकतन्त्रको हत्या गर्दा नेपालका प्रजातन्त्रवादीहरूले तीन दशकसम्म भारतका विभिन्न ठाउँमा निर्वासित जीवन बिताएका थिए । बंगबन्धु मुजिबुर रहमानका परिवारका सदस्यहरू र हाल पनि निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदले भारतमा राजनीतिक शरण लिएकी छन् । दलाई लामाले पनि अन्य नेताहरू जस्तै भारतमा शरण लिएका छन् । नेपाल धार्मिक विवादबाट बच्नुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच