हेटौंडा । सार्वजनिक शिक्षा प्रणाली सुधारको माग गर्दै एक युवाले भद्र आन्दोलन गरिरहेका छन् ।
हरेक प्रदेशको राजधानीको चोकमा उभिएर आन्दोलन गरिरहनुभएका पोखराका युवा नेत्र चापागाईं सोमबार बागमती प्रदेशको राजधानी हेटौंडाको वुद्धचोकमा उभिएर आन्दोलन गर्नुभयो ।
‘सार्वजनिक शिक्षा बदल्न सोच र स्रोत दुबै बदलौं’ भन्दै प्रदेश राजधानी हेटौंडामा चापागाईले सोमबार र मंगलबार वुद्धचोकमा उभिएर आन्दोलन गर्नुभयो । १५ सुत्रीय मागसहित भद्र आन्दोलन गरिरहनुभएका चापागाईं बिहान १० बजेदेखि ५ बजेसम्म हेटौंडाको बुद्धचोकमा उभिउनु भएको थियो ।
समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष रहेका चापागाईले गत असोज ९ गते पोखराबाट भद्र आन्दोलन सुरु गर्नुभएको हो । ‘शिक्षा ऐन कहिले आउँछ सरकार ? ताराबाजी लै लै शिक्षामा सुधार खै? हामी सिपमुलक शिक्षा, उद्यमशील समाज र सम्मानित शिक्षक आकर्षक सार्वजनिक विद्यालय चहान्छौं' जस्ता नारा तय गरी आन्दोलन गरिरहनुभएको छ ।
नयाँ शिक्षा ऐन नल्याउँदा देशभर स्थानीय तहमा कानुन निर्माणमा जटिलता तथा अन्यौल सृजना गरेको भन्दै उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको आधारमा तत्काल नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न चापागाईको माग छ । पोखराबाट आन्दोलन सुरु गरी धनगढी, नेपालगञ्ज, सुर्खेत, विराटनगर हुँदै उहाँ हैटौंडा आइपुग्नुभएको हो । हेटौंडाबाट उनी जनकपुर पुग्ने बताइएको छ । आफ्नो मागको सम्बोधन नगरिए काठमाडौंको माइतीघर मण्डला अगाडि अनिश्चितकालसम्मका लागि उभिएर आन्दोलन गर्ने चापागाईले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच