बैतडी । बैतडीमा पासोमा परेको चितुवा भागेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँ कुमालीगाड भन्ने स्थानमा जंगली बँदेलका लागि थापेको पासोमा परेको चितुवा भागेको हो ।
सोमबार राति पासोमा फसेको चितुवा मंगलबार राति पासो चुँडालेर भागेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरत प्रसाद भट्टले जानकारी दिनुभयो । पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली आएको भएपनि मंगलबार राति पासो चुँडालेर चितुवा भागेको उहाँले बताउनुभयो ।
त्यो क्षेत्र बरिपरि घाइते चितुवालाई खोजेपनि नभेटिएको डिभिजन बन कार्यालय बैतडीले जनाएको छ । पासोमा परी घाइते भएको चितुवाको घाँटीको भागमा बढी नै चोट छ । चितुवा घाइते भएको हुनाले स्थानीयबासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताउनुभयो ।
जिल्लामा जंगली बदेँलका लािग स्थानीयहरुले थापेको पासोमा चितुवा परेर घाइते हुने क्रम बढेको छ । पासोमा परेका चितुवाको समयमा उद्धार हुन नसक्दा पासो नै चुँडाएर भाग्ने समेत गरेका छन् । पासोमा परि तथा अन्य कारणले घाइते भएका जनावरहरुको उद्धारका लागि दक्ष जनशक्ति नहुँदा समस्या हुने गरेको डिभिजन बन कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको उद्धार टोलीले नै सबै क्षेत्रमा खटिने गरेको छ । रेस्क्यु सेन्टर स्थापनाका लागि डिपिआर गर्न मन्त्रालयबाट बजेट बिनीयोजन भैसकेकाले स्थान खोज्ने काम भैरहेको बताइएको छ ।
‘रेस्क्यु सेन्टर स्थानपना लागि पटक पकट माग गर्दै आएका छौ, यसालि बजेट आएको छ’भट्टले भन्नुभयो ‘सबै पहाडी जिल्लाका लागि पायक पर्ने गरि ठाउँ खोज्ने काम भैरहेको हो । डडेल्धुरा, डोटी या बैतडी कुन ठाउँमा बनाउने भनेर टुङ्गो लागेको छैन । ’
यसअघि गएको असोज १२ गते बैतडीको दशरथचन्द नगरपालिका –१ खालमा पनि पासोमा परेको चितुवा पासो चुँडालेर भागेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच