काठमाडौं । चलचित्र ‘रंगी’ आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने भएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रको रिलिज मितिसहितको पोस्टर र मोसन पोष्टर बुधबार निर्माण टिमले सार्वजनिक गर्दै सिनेमाघरमा आउने मिति जानकारी दिएको हो ।
सार्वजनिक पोष्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ । ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोष्टरमा आयुषी र सलोनलाई गम्भीर भावमा देखाइएको छ । त्यस्तै मोसन पोस्टरमा सलोन, आयुषी र ‘डेब्य’ नायिका नम्रता श्रेष्ठलाई देख्न सकिन्छ । नम्रता ‘मिस वल्र्ड नेपाल २०२०’की विजेता हुनुहुन्छ ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको यो चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । चलचित्रको प्रस्तुतकर्ता सलोन हुनुहुन्छ । उहाँका अनुसार चलचित्रले बाबुछोरीको कथा देखाउनेछ ।
‘रंगी’ सलोनको डेब्यू निर्माण चलचित्र हो । ‘नेपाली बाबु’ चलचित्रबाट बाल कलाकारका रूपमा पाइला चाल्नुभएका सलोनले चलचित्र ‘होस्टल’देखि ‘हिरो’का रूपमा अभिनय गर्नुभएको हो । निर्देशन न्यौपानेले भने ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायत चलचित्रमा मुख्य सहायक निर्देशनको रूपमा काम गर्नुभएको छ ।
सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच