बैंकहरु कठिन परिस्थितिमा चलिरहेका छन् : गभर्नर अधिकारी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरु कठिन परिस्थितिमा चलिरहेका बताउनुभएको छ ।

बुधवार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले बैंकहरुले ऋणहरुसँग ऋणको सावाँ समेत ब्याज उठ्न नसक्दा बैंकहरु समस्यामा रहेको उल्लेख गर्नुभयो । गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरु रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको दाबी गर्नुभयो ।

उहाँले बैंकिङ क्षेत्रप्रति राष्ट्र बैंक गौरव गर्ने भन्दै नेपालको बैंकिङ अभ्यास पारदर्शी रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौति थपेको उल्ल्लेख गर्नुभयो । उहाँले बैंकहरुमा पछिल्लो समय पुँजी राम्रो भएपनि निष्क्रिय कर्जा बढेको बताउनु भयो । गभर्नर अधिकारीले राष्ट्र बैंकले व्यवस्था गरेको प्रोभिजनले बैंकहरुलाई बलियो बनाउँदै बैंकलाई बचाउन मद्दत गर्ने बताउनु भयो । उहाँले प्रोभिजनको व्यवस्थाले बैंकहरु आत्तिने स्थिति सिर्जना हुनबाट बचेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘हामीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न सकेका छौं, बैंकर साथीहरूले सघाउनुभएको छ । जुनसुकै कठघरामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर बसेको छ । कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैंकिङ क्षेत्र खरो बनेर उभिएको छ । हामीले विश्वव्यापीकरणको लाभ लिइरहेका छौं तर विश्वव्यापी रूपमा स्वकेन्द्रित हुन थालिएको छ । यसमा अनिश्चितता मात्र निश्चित देखिन्छ । हामीले काम गर्दा प्रशस्त चुनौति छन् । बैंकिङ क्षेत्र झन् चुनौतिमा छ । संवेदनशीलता तपाईंहरूलाई थाहै होला । हाम्रा नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि सघाउने खालका छन् । बैंकिङ क्षेत्रप्रति हामीले गौरव गर्नुपर्छ । बैंकिङ अभ्यास निकै पारदर्शी छ । पछिल्लो समय बैंकभन्दा बाहिरको समस्याले चुनौति थपेको हो । पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ । तर प्रोभिजनले बलियो बनाएको छ । प्रोभिजनले बैंकलाई बचाउँछ । ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौं । तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचेको छ ।’

उहाँले बैंकको लाभांश क्षमता राष्ट्र बैंकको कारणले नभएर बैंक आफ्नै कारणले दिन नसकेको बनाउनु भयो । उहाँले जुन बैंक इफिसियन्ट भयो त्यही बैंकले धेरै लाभांश बाँडेको भन्दै प्रोभिजनका कारण बैंकहरुको लाभांश क्षमता घटेको भन्न नमिल्ने उल्लेख गर्नु भयो । उहाँले कुनै बैंकले २६ प्रतिशतसम्म लाभांस बाडे भने कसैले शून्य लाभांश बाँडेको बताउनु भयो ।

उहाँले बैंकिङ क्षेत्रलाई वाह्य क्षेत्रबाट दबाब आउँदा समस्या परेको बताउनु भयो । उहाँले ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहका बैंकका शाखाहरुबाट काम हुन नसकेको बताउनु भयो । उहाँले बैंकको नाफामाथि प्रश्न उठ्दा पनि असहज अवस्थामा बैंकहरु पुगेको बताउनु भयो । बैंकहरु नाफाबिना चल्न नसक्ने भन्दै पुँजी लगानी गरेपछि प्रतिफल आवश्यकता पर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?