प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

हुम्ला । हुम्ला जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव लाग्ने भएको छ । अदानचुली गाउँपालिकामा रहेका पर्यटकीयस्थल र यहाँको साँस्कृतिक जगेर्ना गर्नका लागि यही पुस पाँच गते उक्त महोत्सव लाग्ने भएको गाउँपालिकाले जनाएको छ ।

यहाँको रितिरिवाज, चालचलन, भेषभुषा, भाषाशैलीलाई प्रचारप्रसार गर्नका लागि गाउँपालिकाको आयोजनामा पहिलो पटक महोत्सव हुनेभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हंश महताराले बताउनुभयो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सभा माननिय जीवन बहादुर शाहीको प्रमुख आथित्यमा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव उद्घाटनका साथै महोत्सव लाग्ने भएको महताराले बताउनुभयो ।

यस्तै महोत्सवमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त देउडा गायक गायीकाहरु विपना सिंह, बन्कला सञ्ज्याल, परबहादुर थापा, अमृत कुमार अनमोललगायतका देउडा कलाकार उपस्थित हुनुका साथै उनिहरुको बेजोड प्रस्तुति समेत रहने भएको बताइएको छ ।

यसै गरी उक्त महोत्सवमा स्थानीय महिला तथा पुरुष विच देउडा प्रस्तुती समेत रहने भएको छ । स्थानीय कलाकार अक कार्की, गोविन्द भण्डारी, राज बहादुर दानी, धन्जय परियार, राज बहादुर कुमी, दिप बहादुर रोकाया, कालु टमटाको प्रस्तुती हुने भएको छ । भने महिलाहरुमा पवि नेपाली, डोइला भण्डारी कमला पाण्डे, सुस्मिता छत्याल, बुटु फडेरा, अदानकला महतारा, उचाटी टमटाले आफ्नो देउडा प्रस्तुती दिने भएका छन् ।

पुस पाँच गते हुने महोत्सवमा मागल, बालो चम्फा, ढाल तरवार नाच, चाची, फाक, हुड्के फुर्को नाच, बाक्टे नाच, बाजालगायतका नाच प्रदर्शन हुने भएका छन् । महोत्सवमा स्थानीय कला, संस्कृति झल्किने खालका प्रस्तुतीहरु समेत देखाइने भएकाले अदानचुलीका सम्पूर्ण जनप्रतिनिधि, विभिन्न राजनितिक दलहरु, स्थानीय नागरीक, शिक्षक, विद्यार्थीलाई उपस्थित हुन आग्रह समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?