चौथो कालिका कप जारी : बुधबार विविध प्रतियोगिता सम्पन्न

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । बुटवल उपमहानरपालिका वडा नम्बर १०मा रहेको कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कपअन्तर्गत बुधार विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।

एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिवल, छात्र छात्रा कबड्डी प्रतियोगिताका विभिन्न चरण सम्पन्न भएका हुन् । १५०० मिटर दोडमा न्यु होराईजन माविका आयुष थारु प्रथम भएका छन् । यस्तै छात्रा तर्फ पशुपति माविका चाँदनी पासी प्रथम भएकी हुन् ।

यस्तै १०० मिटर दौडमा छात्र तर्फ जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ कालिका मानवज्ञान माविका कृति पराजुली प्रथम भएकी छिन् । ४ वाई १०० मिटर रिल दौडमा छात्रा तर्फ कालिका मानवज्ञान मावि प्रथम भएको छ । विद्यार्थीहरु कृति पराजुली, प्रीती थापा, प्रकृति घिमिरे, सृजना कडायतको समुह प्रथम भएको हो ।

यस्तै छात्र तर्फ जनज्वोति माविका सुभम बमरेल, रजन डम्बरपाल, गंगा रजाली, अल्बीजी गुरुको समुह प्रथम भएको हो । ४०० मिटर दौडमा पशुपति माविका ठाकुर पाण्डे प्रथम भएका छन् । छात्रा तर्फ पशुपति माविकै करिस्मा सिंजाली प्रथम भएकी हुन् ।

यस्तै २०० मिटर दौडमा जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ गाग्री एकेडमीका नमिता भुषाल प्रथम भईन् । ८०० मिटर दौडमा न्यु होराईजन माविका आयुश थापा प्रथम, छात्रा तर्फ कालिका मानवज्ञान माविका प्रकृति घिमिरे प्रथम भईन् ।

४ वाई ४०० रिले दौडमा पब्लिक माविका आस्थकुमार थारु, करण थारु, शिवमोहन यादव र हरि थारुको समुह प्रथम भएको छ । यस्तै छात्रा तर्फ पशुपति माविका पुजा चौधरी, अस्मिता थारु, करिस्मा सिंजाली, चादनी पासीको समुह प्रथम भएको हो ।

यस्तै कबड्डी तर्फ बुधार सम्पन्न प्रतियोगितामा पहिलो खेलमा न्युहोराईजन र पशुपति माविका विचमा भएकोमा होराईजन वाक ओभरसहित विजयी भएको छ । यस्तै नविन औद्योगीक मावि र गाग्री एकेडमीको विचमा भएकोमा गाग्री एकेडमी विजयी भएको हो ।

यस्तै अर्को पाचौ प्रतिस्पार्धामा ईडन मावि र उजिर सिंह माविका विचमा भएकोमा ईड्न मावि विजयी भएर अर्को चरणमा प्रवेश गरेको छ । बुधवार भएको छौठौ कबड्नी प्रतियोगीतामा जनज्वोति मावि र क्यान माविका विचमा भएकोमा क्यानन मावि विजयी भएको छ । यस्तै एभरेष्ट मावि र बुद्ध पक्लिक माविका विचमा भएकोमा एभरेष्ट मावि वाक ओभरपाएर विजयी भएको हो ।

छात्रा कबड्डी तर्फ ईड्न मावि र पशुपति माविका विचमा भएकोमा वाक ओभरसहित ईड्न मावि विजयी भएको छ । यस्तै बुद्ध पब्लिक मावि र कान्ती माविका विचमा भएकोमा कान्ती मावि विजयी भएको हो ।

कालिका मानवज्ञान मावि र मणिमुकुन्द माविमा विचमा भएको प्रतियोगितामा कालिका मानवज्ञान मावि विजयी भएको छ । केरवानी मावि र नविन औद्योगीक माविका विचमा भएको प्रतियोगितामा नविन औद्योगिक मावि विजयी भएको हो । ईड्न मावि र होराईजन माविका विचमा भएको खेलमा होराईजन माविले वाक ओभर पाएर विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?