पोखरा । पोखरा गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि शहीद स्मृति माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहीद स्मृति उपाधि जितेको हो ।
निर्धारित समयमा दुई-दुईमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा चार-दुईले पराजित गर्दै शहीद स्मृतिले कुलपति रनिङ शिल्डको उपाधि जितेको हो ।
उपाधि जितेसँगै शहीद स्मृति माविले एक लाख रुपैयाँसहित शिल्ड हात पारेको छ । उपविजेता बनेको स्टेप बाई स्टेपले ५० हजारमा चित्त बुझायो ।
विजेता तथा उपविजेतालाई गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, उपकुलपति प्राडा नवराज देवकोटासहितले शिल्ड हस्तान्तरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच