अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले फेसबुक र इन्ट्राग्राम फिर्ता पाउने

हिमालय टाइम्स
Read Time = 1 min

वासिङटन । अमेरिकी पूर्व राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले फेसबुक र इन्ट्राग्राम फिर्ता पाउने भएका छन् । करिब २ वर्षको प्रतिबन्धपछि मेटाले आगामी साता ट्रम्पका फेसबुक र इन्ट्राग्राम फिर्ता दिन लागेको हो ।

सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल हिल दंगापछि मेटाले ट्रम्पका खातामा प्रतिवन्ध लगाएको थियो। दुई वर्षको निलम्बन समाप्त गर्दै फेसबुकले ट्रम्पमाथिको प्रतिबन्ध खारेज गर्ने भएको हो ।

मेटाका अनुसार ट्रम्पले थप उल्लङ्घन सामग्री पोस्ट गरेमा सामग्री हटाइने र उल्लङ्घनको गम्भीरतामा निर्भर गर्दै ट्रम्पको एकाउन्टमा एक महिनादेखि र दुई वर्षको सम्मको प्रतिबन्ध लगाइने स्पष्ट पारेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?