राजवीर र ताङ फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटीएफ यु-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२को ब्वाइज सिंगल्सको फाइनलमा प्रवेश गर्नुभएको छ । मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६-१ र ६-३को सोझो सेटमा पराजित गर्नुभयो । फाइनलमा राजवीरको भेट हङकङका कि छियोङ मोरिस ताङसँग हुनेछ । ताङले आफ्नै देशका वान हिम दोनोभान यिमलाई सिधा सेटमा ६-४ र ६-१ ले हराउँदै फाइनल यात्रा तय गर्नुभएको हो ।

सातदोबाटोस्थित टेनिक कोर्टमा भएको गल्र्स सिंगल्समा भारतकी सराह चौधरीले नेपालकी स्वस्तिका विष्टलाई ६-३ र ६-० तथा भारतकी तनिशा भत्नागरले नेपालकी प्रशंसा मोक्तानलाई ६-२ र ६-२को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गर्नुभयो । ब्वाइज डबल्समा हङकङका ताङ र यिमको जोडीले नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीलाई ७-५, १-६ (१५-१३) तथा भारतका सिद्धार्थ र भीभान मिर्धाको जोडीले भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीलाई ६-३ र ६-० ले पन्छ्याउँदै फाइनल भिडन्त पक्का गर्नुभयो ।

गल्र्स डबल्समा भारतकी हनी जुमानी गौरव र नेपालकी प्राज्ना मानन्धरको जोडीले नेपालकी प्रशंसा र भारतकी तनिशाको जोडीलाई ६-३ र ६-१ तथा नेपालकी स्वस्तिका र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीले नेपालका जेनी खड्का र समृद्धि महर्जनको जोडीलाई ७-६ (७), ३-६ (१०-८) ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?