पछिल्लो २४ घन्टामा ३१ सय बढी सवारी साधन कारबाहीमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ ।

पछिल्लो २४ घन्टा ट्राफिक नियम उलङघन गरेको आरोपमा सो संख्या बराबर कारबाही गरिएको हो ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १२३, लेन अनुशासन उलङघन गर्ने १९५, रेड लाइट मिच्ने १२१, चर्को हर्न बजाउने २७, नम्बर प्लेट राम्रोसँग नराख्ने ४७, लिडार गनमा देखिएका ४०१ र अन्य दुई हजार २६६ जना गरी तीन हजार १८० सवारी साधानलाई कारबाही गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?