
एजेन्सी । रियल मड्रिडले इन्टर कन्टिनेन्टल कपको उपाधि जितेसँगै कार्लो एन्सेलोट्टी क्लब इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने प्रशिक्षक बन्नुभएको छ । उहाँले मिगुएल मुनोजको १४ ट्रफीको कीर्तिमानलाई तोड्दै १५औँ उपाधि उचाल्नुभएको हो । एन्सेलोट्टी जसलाई हालै फिफा ‘द बेस्ट’ अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषित गरिएको थियो ।
खेलपछि आफ्नो खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘हामीले उत्कृष्ट प्रदर्शन गर्यौँ । यो सफलता टोलीको उत्कृष्ट मनोवृत्ति र प्रतिबद्धताको परिणाम हो ।’ सन् २०२१ मा पुनः रियलको प्रशिक्षक बन्नुभएका एन्सेलोट्टीले आफ्नो दोस्रो कार्यकालमा ११ वटा उपाधि जित्नुभएको छ । जसमा एक च्याम्पियन्स लिग पनि समावेश छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच