कालीकोट । कर्णाली प्रदेशमा पद बाँडफाँडमा कुरा नमिल्दा नयाँ सरकार गठनमा ढिलाई भएको छ ।
माओवादी संसदीय दलका नेता राजकुमार शर्माले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी छ । तर माओवादी केन्द्रले सभामुख माग गरेपछि नयाँ सरकार निर्माणको प्रकृया ढिलाइ भएको हो ।
प्रदेश प्रमुख तिलक परियारले बुधबार मुख्यमन्त्री शर्माले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि सात दिनको समय दिनुभएको छ । तर शर्माले राजीनामा दिएको चार दिन बित्दा पनि एमालेले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न भने सकिरहेको छैन ।
माओवादीले कर्णालीमा सभामुख र बजेट धेरै हुने चार वटा मन्त्रालय माग गरेको छ । यसै विषयमा कुरा मिल्न नसकिरहेको माओवादी र एमाले नेताहरुले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच