जीवन बीमाद्वारा ७१ अर्ब बढी बीमा शुल्क संकलन

Read Time = 6 mins

काठमाडौं । चालु आर्थिक वर्षको छ महिना अर्थात् साउनदेखि पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरूले अपेक्षाअनुसार बीमा शुल्क संकलन गर्न सकेनन् । सो अवधिमा बीमा शुल्क संकलन १.०४ प्रतिशतले मात्रै वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा १८ जीवन बीमा कम्पनीले कुल ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिसम्म ७० अर्ब ९१ करोड ३९ लाख ६१ हजार रुपैयाँ संकलन गरेका थिए । जीवन बीमा कम्पनीले चालु आवको पुससम्म एक करोड ४१ लाख नौ हजार एक सय ५० बीमालेख जारी गरेर कुल ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुससम्ममा अघिल्लो आवको सोही अवधिको तुलनामा नौ जीवन कम्पनीको बीमा व्यवसाय बढेको छ भने नौ कम्पनीको घटेको छ । आइएमई लाइफ, नेशनल लाइफ, महालक्ष्मी लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), सिटिजन लाइफ, नेपाल लाइफ र राष्ट्रिय बीमा संस्थानले अघिल्लो आवको तुलनामा बढी संकलन गरेका छन् तर रिलायबल नेपाल लाइफ, गुराँस लाइफ, युनियन लाइफ, प्राइम लाइफ, मेट लाइफ, सन नेपाल लाइफ, प्रभु लाइफ, सूर्यज्योति लाइफ र एसियन लाइफ इन्स्योरेन्सको गत वर्षभन्दा घटेको छ ।

चालु आवको छ महिनामा १८ जीवन बीमा कम्पनीले कुल ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिसम्म ७० अर्ब ९१ करोड ३९ लाख ६१ हजार रुपैयाँ संकलन गरेका थिए ।

सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले १८ अर्ब ६३ करोड ३८ लाख सात हजार, लाइफ नेपाल कर्पोरेशन (नेपाल) लिमिटेडले आठ अर्ब ७२ करोड ९३ लाख ४५ हजार, नेशनल लाइफ इन्स्योरेन्सले सात अर्ब ६८ करोड ६९ लाख ९८ हजार, राष्ट्रिय बीमा संस्थानले छ अर्ब १४ करोड ५० लाख छ हजार, सूर्यज्योति लाइफले चार अर्ब १५ करोड ४३ लाख ५० हजार, सूर्या लाइफले दुई अर्ब आठ करोड ४७ लाख ६५ हजार र ज्योति लाइफले एक अर्ब ४७ करोड १३ लाख ५४ हजार रुपैयाँ संकलन गरेका छन् ।

त्यस्तै, युनियन लाइफले तीन अर्ब ७५ करोड १९ लाख ४० हजार, एसियन लाइफले तीन अर्ब ४६ करोड २६ लाख ३२ हजार, सिटिजन लाइफले दुई अर्ब ६६ करोड ४४ लाख ९९ हजार, मेट लाइफले दुई अर्ब ५० करोड २३ लाख ५९ हजार, प्राइम लाइफले दुई अर्ब २६ करोड ४८ लाख ९४ हजार, आइएमई लाइफले एक अर्ब ९५ करोड ३३ लाख ७२ हजार, सन नेपाल लाइफले एक अर्ब ९४ करोड ४१ लाख २४ हजार, रिलायबल नेपाल लाइफले एक अर्ब ७८ करोड ६५ लाख तीन हजार, गुराँस लाइफले एक अर्ब ४३ करोड ३९ लाख ५४ हजार, सानिमा लाइफले एक अर्ब २४ करोड ७४ लाख ८२ हजार, रिलायन्स लाइफले एक अर्ब ५० करोड ३० लाख २७ हजार, प्रभु लाइफले एक अर्ब तीन करोड ७६ लाख ७२ हजार र महालक्ष्मी लाइफले ७५ करोड ९० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार आइएमई लाइफको गत आवभन्दा १९.३६ प्रतिशत, नेशनल लाइफको १३ प्रतिशत, महालक्ष्मी लाइफको ७.८८ प्रतिशत, सानिमा लाइफको ५.८५ प्रतिशत, रिलायन्स लाइफको ४.०२ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को ४.०२ प्रतिशत, सिटिजन लाइफको २.५९ प्रतिशत, नेपाल लाइफको १.३२ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ०.७६ प्रतिशतले बीमा शुल्क संकलन बढेको छ । तर, रिलायबल नेपाल लाइफको १२.९८ प्रतिशत, गुराँस लाइफको ११.७२ प्रतिशत, युनियन लाइफको ९.०४ प्रतिशत, प्राइम लाइफको ८.५३ प्रतिशत, मेट लाइफको ६.२२ प्रतिशत, सन नेपाल लाइफको ५.३३ प्रतिशत, प्रभु लाइफको ०.७८ प्रतिशत, सूर्यज्योति लाइफको ०.५७ प्रतिशत, एसियन लाइफ इन्स्योरेन्सको ०.०५ प्रतिशतले घटेको छ । हाल १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?