काठमाडौं । कृषि विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने भएको छ । बिहीबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले तीन प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद (कर करसमेत) गरी कुल १०.५३ लाभांश दिने निर्णय गरेको हो ।
बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि छ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । गत वर्ष भने बैंकले दुई प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच