शैक्षिक गुणस्तर सुधारका लागि पढाइ मेला

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा पहिलो पटक शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला गरेको छ ।

स्थानीय स्रोतमाथि आधारित बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्न उद्देश्यले बिहीबारदेखी पढाइ मेलासुरु भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो । गाउँपालिका भित्र २९ सामुदायिक विद्यालयमध्ये २० विद्यालय सहभागी भएका उक्त मेलामा बालबालिकाको नियमित पठनपाठन सुधार, पठनसिप विकास र सृजनात्मक क्षमताको पहिचान गर्न पढाइ मेलामा आएका विद्यार्थी केन्द्रित भएका छन् ।

शैक्षिक सामग्री निर्माण, यसको प्रयोग र प्रभावका विषयमा विद्यालयहरूले प्रदर्शन गरेकाछन् । गाउँपालिका अध्यक्ष चौलागाईले भन्नुभयो,“ विद्यालयहरूले बालबालिकाद्वारा निर्मित विभिन्न शिक्षण सामग्री राखेका स्टलहरू प्रदर्शनीमा राखेकाछन् । ” सहभागी विद्यालयहरूको शैक्षिक सामग्री निर्माण, बालबालिकाको प्रस्तुति शैली, र सामग्रीको प्रभावकारिता मूल्यांकनका आधारमा चार उत्कृष्ट विद्यालय छानिएको गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ ।

छनौट भएका विद्यालयमध्ये कालिका आधारभूत विद्यालय, लिताकोट प्रथम, सुन्दरमणि आधारभूत विद्यालय दोस्रो, कालिका आधारभूत विद्यालय, हियाखोला र कालिका मावि, टोप्ला तेस्रो र हिमाली आधारभूत विद्यालय, बाबिरा चौथो भएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत शाहीले जानकारी दिनुभयो शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष रेवती रावलको भनाइ छ ।

स्थानीय स्रोतमाथि आधारित शैक्षिक प्रयासहरूले बालबालिकाको सृजनशीलता र व्यवहारिक सीपलाई विशेष प्रथामिकतामा राखेर पढाइ मेला संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?