सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-२ मा बुबा ज्ञानबहादुर र आमा देवकुमारी भारतीको कान्छो सुपुत्रका रूपमा ०५२ मंसिर ९ मा जन्मिनुभएका अमृत भारती नेपाली गायन क्षेत्रमा आफूलाई प्रस्तुत गरिरहनुभएको छ । काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पुर्याइरहनुभएका उहाँ आफ्नो सानोदेखिकै लगावले यो क्षेत्रमा आएको सुनाउनुहुन्छ । करिब एक दशकभन्दा बढी समय यो क्षेत्रमा निरन्त सक्रिय रहनुभएका उहाँको स्वरमा पाँच सयभन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । उहाँको स्वरमा ‘कन्या राशि’, ‘मेरो प्यारो सिन्धुपाल्चोक’, ‘हेल्लो हाई,’ ‘मुटुको टुक्रा’, ‘गाउँला’, ‘मेरो बाबा’, ‘छानु’, ‘ए साथी बाँचे पो जिन्दगी’, ‘के छ खबर भन्नेलाई ठीकै छ’, ‘नक्कली ’ ‘मुटु चस्केर’ लगायतका गीत उहाँका औधी रुचाइएका छन् । नेपाली माटोको सुगन्ध लोकगीत, लोकदोहोरी गीत हुन् भन्नुहुने गायक अमृत भारतीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यो क्षेत्रमा कसरी आउनुभयो ?
म बाल्यकालदेखि नै गाउँघरमा हुने पूजापाठ, जात्रा, रोधी, रत्यौलीमा धेरै गीत गाएर हिँड्ने गर्दथे । पछि बढ्दै जाँदा यही क्षेत्रमा हेलिँदै गएँ । एउटा राम्रो गायक, कलाकार बन्ने सपना बोकेर यो क्षेत्रमा आएँ ।
औपचारिकरूपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
करिब एक दशकअघिदेखि निरन्तर सक्रियरूपमा गायन क्षेत्रमा आबद्ध छु ।
अमृत भारती को हो ?
मैले आफूले आफैंलाई कसरी भन्ने ? फेरि पनि एक मौलिक गीत संगीतलाई माया गर्ने, संस्कार, संस्कृतिको जगेर्ना र उत्थानमा आफूलाई लगाइरहने एउटा सामाजिक व्यक्ति हो । गीतका श्रोता/दर्शकको नजरमा नेपाली मौलिक गीत संगीतको क्षेत्रमा सक्रिय लोकप्रिय गायक कलाकार हो कि ।
यहाँका स्वरमा रहेका थुप्रै गीतलाई अत्यधिक मन पराइएको छ, कति जति गीत गाउनुभयो होला अहिलेसम्म ?
मैले नेपाली गीत संगीतको क्षेत्रमा करिब एक दशकभन्दा बढी समय बिताएको छु । यसबीचमा थुप्रै गीत श्रोता/दर्शकमाझ आएका छन् । पाँच सयभन्दा बढी गीतमा मैले आवाज दिएको तथा सिर्जना गरेको छु ।
केही गीतको नाम लिनुपर्दा ?
यति धेरै गीत छन् कि कसको नाम लिने, कसको नलिने । सबै सिर्जना मेरा लागि उत्तिकै प्रिय छन् । फेरि पनि केहीको नाम लिनुपर्दा ‘कन्या राशि’, ‘मेरो प्यारो सिन्धुपाल्चोक’, ‘हेल्लो हाई’, ‘मुटुको टुक्रा’, ‘गाउँला’, ‘मेरो बाबा’, ‘छानु’, ‘ए साथी बाँचे पो जिन्दगी’, ‘के छ खबर भन्नेलाई ठीकै छ’, ‘नक्कली’, ‘मुटु चस्केर हो’, ‘स्पर्श,’ ‘पुल हाल्यो चाइनाले’ लगायतका छन् ।
तपाईं कसका लागि गीत गाउनुहुन्छ ?
म हाम्रो परिवेश, संस्कृतिका लागि, समग्र नेपाली गीत संगीत फाँटका लागि, देशका लागि, मेरो आफ्नै लागि र विशेषगरी आमनेपाली जनसमुदायको संस्कार, संस्कृति जगेर्नाका निम्ति गाउँछु ।
गीत संगीतमा लागेर बाँच्न सकिन्छ नि ?
संगीतमा लागेर बाँच्न सकिन्छ । जसका निमित्त राम्रा सिर्जना ल्याउनुप¥यो । आममानिसको मन जित्ने खालका गीत संगीत बजारमा आउनुपर्छ ।
गीत संगीतमा विभिन्न गुट, उपगुट छन् रे नि, के भन्नुहुन्छ ?
हरेक क्षेत्रमा राम्रा नराम्रा सबै खालका मानिसहरू भेटिन्छन् । तर, यी र यस्ता विषयमा मैले चासो राख्दिन । म मेरो कर्ममा विश्वास गर्छु । र, म यही भन्न चाहन्छु कर्ममा विश्वास गर्नुहोस् । सके सबैको राम्रो सोच्नुहोस् नसके आफ्नो राम्रो गर्नुहोस् ।
यति धेरै गीत गाउनुभएको छ, कोसँग काम गर्ने मन छ ?
बजारमा धेरै प्रतिष्ठित कलाकार हुनुहुन्छ । अग्रज र अनुज कलाकारहरू सबैसँग काम गर्ने मन छ ।
संगीत के हो ?
संगीत सुर हो, ताल हो, साधना हो, धून हो, मनलाई शान्त राख्ने चिज हो ।
घरपरिवारबाट तपाईंका कार्यमा कत्तिको सपोर्ट मिलेको छ ?
घरपरिवारबाट हौसला, माया, आशीर्वाद र साथ पाएकै छु ।
यो क्षेत्रमा लागेकोमा कुनै गुनासो छ कि ?
यो क्षेत्रमा लागेकोमा कुनै गुनासो छैन, खुसी छु । मान सम्मान, इज्जत, पैसा कमाएकै छु, खुसी छु ।
नेपाली गीत संगीतको विश्व बजारमा कस्तो स्कोप छ ?
पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्र विस्तार हुँदै गएको छ । विश्व बजारमा निकै फराकिलो हुँदै गएको छ । विश्वका कुनाकुनामा नेपाली पुगेका छन् र बसोबास गर्छन्, जसले नेपाली कलासंस्कृतिलाई माया गर्छन् । र, गीत संगीतबाट मनोरञ्जन लिन्छन् ।
नेपाली गीत संगीतमा लोकदोहोरी गीतलाई कसरी हेर्नुहुन्छ ?
नेपाली गीत संगीतमा लोकदोहोरी विधाको महत्वपूर्ण भूमिका छ । जसले संस्कार, संस्कृतिको जगेर्नासँगै मनोरञ्जन, समाजमा जनचेतना र समाज रूपान्तरणको काम गरेको हुन्छ । हाम्रो भोगाइ, हाम्रो भावना छर्लङ्ग देखिन्छ लोकगीतमा । नेपाली माटोको सुगन्ध लोकगीत, लोकदोहोरी गीत हुन् ।
यहाँले यो क्षेत्रमा पुर्याएको योगदानस्वरूप थुप्रै मान सम्मान, अवार्ड र पुरस्कार प्राप्त गर्नुभएको छ, कस्तो लाग्छ फर्केर हेर्दा ?
एकदमै खुसी लाग्छ । मेरा कर्मलाई मन पराएर यो सबै प्राप्त भएका छन् भन्ने लाग्छ । एउटा सर्जकलाई उसका कार्यको, उसले समाजमा पु¥याएको योगदानको कदर हो यो सबै भन्ने लाग्छ । नेसनल पावर न्युज अवार्ड २०७६, एपिक म्युजिक अवार्ड २०७७, ज्योति फिल्मस् म्युजिक अवार्ड २०७७, दोस्रो राष्ट्रिय काँठे लोकदोहोरी अवार्ड गायक/सर्जक सम्मान २०७९, राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०, एनइए अवार्ड २०७९, तेस्रो सिल्भर म्युजिक अवार्ड २०२४ लगायत प्राप्त भएका छन् ।
यहाँलाई विभिन्न संघ संस्थामा पनि आबद्ध भएको पाइन्छ नि ?
हो, केही संघ संस्थामा आबद्ध भएर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छु । दशनामी युवा क्लबको अध्यक्ष पदको नेतृत्व गरेँ मैले । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको चाबहिल समितिको कोषाध्यक्ष पदको जिम्मेवारी लिएको छु । त्यस्तै राष्ट्रिय संगीतकर्मी संघको आजीवन सदस्य रहेको छु भने रामेछाप सांस्कृतिक कलाकार समाजको मानार्थ सदस्यसमेत रहेको छु । त्यस्तैगरी म्युजिक भिडियो निर्देशक समाजको सल्लाहकार समितिमा रहेको छु । यस्तै यस्तै अन्य संघ संस्था र नेपाल सांस्कृतिक कलाकर्मी संघको सदस्यसमेत रहेको छु ।
विगत एक दशकभन्दा लामो समयदेखि यो क्षेत्रमा रहनुभएका यहाँले यस क्षेत्रका लागि के-कस्तो योगदान पुर्याएँ भन्ने लाग्छ ?
माथि पनि भनेँ, अहिले यहाँले पनि भन्नुभयो, म एक दशकभन्दा लामो समयदेखि यो क्षेत्रमा सक्रियरूपमा रहेर आफ्ना सिर्जना पस्किरहेको छु । नेपाली गीत संगीतको संरक्षण, प्रवद्र्धनका लागि नै मेरो विशेष भूमिका रहेको छ भन्ने लाग्छ । यसका लागि विभिन्न कार्यक्रम आयोजना गरेर मैले आफ्नो ठाउँबाट सक्दो प्रयास गरिरहेको छु । समाज परिवर्तनका निमित्त जनचेतनामूलक सांगीतिक कार्यक्रम आयोजना गर्ने गरेको छु । नेपाली गीत संगीतलाई विश्व बजारसम्म पु¥याउन डिजिटल प्लेटफर्मका माध्यमबाट विस्तार गरेको छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच